• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

यस कारण नेपाल भारतका लागि गंभिर चुनाैती

नेपालको दक्षिण सिमाना चिनियाँ हतियार भारत ल्याउने ट्रान्जिट

नेपालका कम्युनिष्ट प्रधानमन्त्री केपी ओलीले चीनको भ्रमण गरे । भ्रमणका क्रमा उनले तिब्वतको सित्गासेदेखि काठमाडौसम्म रेल जोड्ने विषयमा सहमति गरे । सहमतिको उदेश्य भारतप्रतिको एकलौटी निर्भरता घटाउनु थियो ।

हो । भारतका लागि नेपाल एउटा अर्काे छिमेकी मुलुक मात्र होइन । दुवै देशको विचमा आर्थिक, भाषिक पहिचान र सामिप्यता मात्र छैन दुवै देशका नागरिकले विना भिसा आवातजावत गर्न सक्छन् । 

लेखक

नेपाल–चीन रेलवे जसलाई चीन सरकारको आधिकारिक मुखपत्रले एउटा गेम चेन्जरको रुपमा व्याख्या गरेका छ । जसले भारतको रणनीतिक चासोलाई प्रभाव पार्छ । किनभने नेपाल विश्वमा कम्युनिष्ट शासन रहेको छैटौ मुलुकको रुपमा उदाएको छ । 

दुई कम्युनिष्ट पार्टी संयुक्त रुपमा फेव्रुअरीमा सरकार आए र गत मे महिनामा एकता मार्फत एकै पार्टी बनाए । नेपाल कम्युनिष्ट पार्टीले सातमध्ये ६ वटा प्रदेशमा शासन गरिरहेको छ । जसले नेपालको प्रजातान्त्रिक संक्रमणकालाई नै ओझेलमा पारेको छ ।

अहिले राष्ट्रपति, उपराष्ट्रपति, मुख्य अधिकारी, लगायतका सबै कार्ड नै वोकेर हिड्ने कम्युनिष्टहरु छन् । कम्युनिष्टहरुको प्रभुत्व बढेसँगै ओलीले अदालतदेखि निर्वाचन आयोगसम्मको स्वायत्ततालाई अन्डरमाइन गरिरहेका छन् ।

कम्युनिष्टहरुको आक्रमणको अर्काे शिकार नेपाली सेना हुनसक्छ ।  के कुरा स्पष्ट छ भने नेपालले भारतको सुरक्षालाई असर पुर्याईरहेको छ । 

चीनको वढ्दो प्रभावप्रति नेपाल खुला छ । तर तिब्वतसँग निकै कडाई गरिएको सिमाना छ । भारतसँगको सिमाना भने खुल्ला रहोस भन्ने चाहान्छ ।

भारतले नेपालको दक्षिण भेगतर्फको सिमाना जेहादी र विदेशी खुफिया एजेन्सीहरुको क्षेत्र बन्दै गरेको र त्यसले आफ्नो सुरक्षा असर गरेको नेपाललाई भनिरहेको छ । नक्कली भारतिय नोट, लागु औषध र चिनियाँ हतियार भारत ल्याउने एक प्रमुख ट्रान्जिट पोइन्ट बनिरहेको छ । 

सामान्य रुपमा भन्ने हो भने नेपाल यतिखेर भारतका लागि एउटा गम्भीर चुनौतीको रुपमा रहेको छ । तर, धेरै हदसम्म यो भारतले आफैले सिर्जित गरेको समस्या हो । भारतले सन् २००० को मध्यतिर गरेका ठूला गल्तीको मुल्य अहिले चुकाईरहेको छ ।

विशेषत राजतन्त्रको अन्त, माओवादीलाई भुमिगतबाट खुला राजनीतिमा ल्याउने र पछिल्लोपटक मधेश आन्दोलनलाई समर्थन गर्ने र फेरी त्यसलाई त्यागेर मधेशवादी दललाई निर्वाचनमा भाग लिन दवाव दिने ३ गल्ती भए । 

मधेशवादी दललाई निर्वाचनमा भाग लिन लगाएर भारतले नेपालको संविधानलाई वैधता दियो ।  भारतले एकपछि अर्काे गरेको गल्तीका कारण नै नेपालमा भारतको प्रभाव घट्दै गयो र चीनलाई प्रभाव बढाउने ठाउँ दियो ।

जव इतिहास यसरी लेखिने छ । मनमोहन सिंहले गरेका केही गल्तीहरु प्रमुख रुपमा आउने छन् । जसले नेपालका कम्युनिष्टहरुलाई सवलीकरण गरे र दीर्घकालिन सुरक्षा चासोलाई अण्डरमाइन ग¥यो । विशेषत नेपालको स्थायित्वको प्रतिकको रुपमा रहेको राजतन्त्रलाई हटाउन सहयोग ग¥यो ।

राजतन्त्र हटाउनको लागि जनमत संग्रह अथवा सामान्य प्रक्रिया समेत पुरा गरिएन् । यतिवेला सिंह नेतृत्वको सरकार आफ्नो सरकार टिकाउन कम्युनिष्टहरुको समर्थनमा निर्भर थियो । उसले नेपालको शान्ति प्रक्रियामा हस्तक्षेप गर्यो ।

राजतन्त्र हटाउनुपर्ने माओवादीको मागमा सम्वोधन गरियो । भारतले सन् २००५ को नेपालको माओवादी र विपक्षी राजनीतिक दलहको वैठक ग¥यो । जुन वैठकमा राजतन्त्र हटाउने सहमति भएको थियो ।

नेपालमा माओवादीलाई सवलीकरण गरेर कसरी भारतको सुरक्षा चासो सम्वोधन गर्छ र राजतन्त्र हटाएपछि नेपालको राजनीतिमा त्यसले दीर्घकालसम्म कस्तो असर गर्छ भन्ने कुराको कुनै ख्याल नै गरिएन् । 

माओवादीहरुले राजतन्त्रको अन्त्यपछि देखिएको भ्याकुममा खेले र नेपाली काँङग्रेसको प्रभावलाई विस्तारै कम गदै गए । ओली नेतृत्वको एमाले र माओवादी चिनको सल्लाहमा सँगै निर्वाचन लडेका थिए । नाकाबन्दीका कारण ग्रामिण भेगमा भारतप्रति रहेको आक्रोशको फाइदा उठाए ।  

विरोधाभाष त के छ भने भारतले अहिले ‘आफ्नै माओवादी’सँग शान्ति वार्ता गर्न सकेको छैन् । माओवादी समर्थन गरेको नेपाली माओवादीहरुले अहिले सत्ताको मोजमस्ती गरिरहेका छन् । माओको ड्रिमल्याण्ड चीनले नेपाललाई विस्तारै आफ्नो अरविट भित्र ल्याईरहेको छ । माओवदीले चाहि जे रोपेको थियो, त्यसको फल पाईरहेको छ । 

–भारतका रणनीतिक चासोका विज्ञ प्रोफेसर चेलानी भारतीय नेशनल सेकयूरिटी काउन्सीलका सल्लाहाकार समेत भईसकेका छन्, उनको दि हिन्दुस्तान दैनिकमा प्रकाशित लेखको भाव अनुवाद: सम्पादक

https://www.hindustantimes.com/analysis/india-s-mistakes-have-allowed-china-to-make-inroads-in-nepal/story-uxGLpHNMn3xKB0599aoQNI.html

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर