• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

स्मार्टफोनमा नयाँ सुरक्षा प्रणाली, तपाईको मस्तिक बन्छ ‘पासवर्ड’

एजेन्सी । स्मार्टफोनले जति हाम्रा कामलाई सजिलो बनाएको छ, त्यति नै सुरक्षालाई लिएर चिन्ता पनि बढाएको छ । कुनै पनि बेला ह्याकरले हाम्रो स्मार्टफोनबाट सम्पूर्ण महत्वपूर्ण जानकारी चोरी गर्न सक्ने डर रहिरहन्छ ।

  यस डरलाई भगाउने प्रयासमा अमेरिकी वैज्ञानिकले एक विशेष प्रणाली तयार गरेका छन् । यस प्रविधिमा स्मार्टफोनको पासवर्ड तपाईको मस्तिष्क हुनेछ । स्मार्टफोनको तरंगलाई पहिचान गरेर स्मार्टफोनको लक खोल्न सकिनेछ । 

यो सुरक्षा प्रणालीमा तस्बिरको श्रृंखलामा प्रतिक्रियाको माध्यमबाट मस्तिष्कको तरंगलाई पढेर व्यक्तिको पहिचान गर्न सक्षम हुनेछ । यस प्रणालीको प्रयोग गरी स्मार्टफोनको सुरक्षालाई अझ बलियो बनाउन सकिन्छ । हाल स्मार्टफोनको सुरक्षाका लागि थुप्रै प्रणालीहरु प्रगोग गरिँदैआएको छ । यसमा अनुहारको पहिचान, फिंगरप्रिन्ट स्क्यान वा अन्य कुनै बायोमेट्रिक सिस्टम आदि पर्छन् ।

 

अमेरिकाका बफेल्लो विश्वविद्यालयका सहायक प्राध्यापक भेन्याओ जूले भने, ‘हामीले एक नयाँ प्रकारको पासवर्ड विकास गर्ने सोचेका छौ, जसमा जुन तस्बिरको श्रृंखलामा प्रतिक्रियाका दौरान मस्तिष्कबाट निक्लने तरंगको विश्लेषण गरी त्यस व्यक्तिको पहिचान गर्नेछ । यसमा एक पासवर्ड पनि ‘रिसेट’ गर्न सजिलो हुन्छ, त्यस्तै बायोमेट्रिकले जसरी नै प्रयोग पनि निक्कै सजिलो छ ।

 वैज्ञानिकले यस प्रणालीलाई ‘ब्रेन पासवर्ड’ नाम दिएका छन् । हाल यस प्रणाली प्रयोग गर्नका लागि उपभोक्तलाई हेडसेट लगाउनु पर्ने हुन सक्छ । वैज्ञानिकका अनुसार, यस सुरक्षा प्रणाली स्मार्टफोन मात्रै नभएर, बैंकिङ प्रणाली, कानुनी क्षेत्र, विमानस्थल लगायत थुप्रै क्षेत्रमा प्रयोग गर्न सकिन्छ । 
 

यसरी गर्छ काम 

वर्तनमा समयमा इलेक्ट्रोइन्सेफालोग्राफी प्रणालीले निक्कै सजिलो बनाएको छ, जसको माध्यमबाट मस्तिष्कको तरंगलाई रेकर्ड गर्न सकिन्छ । यसमा विद्युतीय गतिविधिको माध्यमबाट मस्तिष्कको अद्धितीय ढाँचालाई मापन गर्नका लागि इलेक्ट्रोडुको प्रयोग गर्ने गरिन्छ । वैज्ञानिकहरुले यस नविन सुरक्षा प्रणालीका लागि यसमा थोरै परिवर्तन गरेका छन् । वैज्ञानिकहरुले एक सय ७९ युवामा यस प्रणालीको जाँच गरे । यसबाट प्राप्त आंकडाको आधारमा वैज्ञानिकहरुले ‘ब्रेन पासवर्ड’ ९५ प्रतिशत सही पाए ।

अहिलेसम्मकै सुरक्षित प्रणाली

यस प्रणाली अहिलेसम्मकै सुरक्षित प्रणाली भएको वैज्ञानिकहरुको दाबी छ । यस प्रणाली राखिएको स्मार्टफोन ‘अनलक’ गर्न असम्भव हुन्छ । यो प्रणाली मस्तिष्कको तरंगबाट चल्छ । अर्थात् जसको मस्तिष्कको तरंग राखिएको हुन्छ, उ बिना स्मार्टफोनमा पासवर्ड रिसेट गर्न लगभग असम्भव हुन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर