• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

जापानमा नेपालको गर्भपतन गराउने औषधी प्रयोगमा बन्देज

संगिता कुवँर/टोकियो । सामान्यतया बिकशित देशहरुमा रोगको पहिचान स्वास्थ्य उपचार पनि राम्रै हुन्छ । भन्ने हाम्रो सोच छ । बिदेशीहरुको संख्याबढेसंगै जापानमा नेपालीको संख्या पनि बढिरहेको छ । जापानमा नेपाली महिलाहरु उच्च शिक्षा अध्ययन डिपेण्डेण्ड र व्यबसाय भिषामा धेरै छन् ।

छोरीलाई घरबाट बाहिर निस्किन दिनुहुन्न भन्ने सोचको समाजमा हुर्केका नेपाली महिलाहरु बिदेशमा पसेपछि आत्मनिर्भर र दैनिकीमा ब्यस्त बनाउनु राम्रो पक्ष हो । तर जापानका नेपाली महिलाका समस्या भने डर लाग्दा छन् । मानसिक समस्या, शारीरिक, पारिवारिक समस्याहरु मात्रै होइन ।

आर्थिक भार, भाषा अभाव र फरक कानुनका कारण  राम्रो उपचार नभएकाले महिलामा बाँझोपन, गर्भपतनका समस्या पनि जटिल समस्या बन्दै गईरहेका छन् । आइतबार टोकियोमा स्वास्थ्य, परिवार नियोजन र गर्भपतनको बारे जापानको नियम कानुनका बिषयमा आयोजित सेमिनारमा करिब चालिस जना महिलाको सहभागीता रहेको थियो । 

सिन्जुकु वार्ड हिगासी सिन्जुकु स्वास्थ्य बिमा केन्द्रका कर्मचारी समेत क्यान्सर स्वास्थ्य बिमा र गर्भपतनको बारेमा जानकारी दिन सहभागी भएका थिए । लेखेर प्रस्तुत गरेका नेपाली महिलाका पिडामा लगातार महिनावारी नहुने, पिसाब गन्ह्याउने, गर्भ नरहने, सेतो पानी बगिरहने बाझोपन, नेपालमा प्रयोग गरेको गर्भनिरोधक साधनलाई जापानका अस्पतालमा झिक्न या अरु थप उपचार गर्न नमिल्ने, गर्भपतन गराउदाँ स्वास्थ्य बिमा प्रयोग किन नहुने लगाएका समस्या राखेका थिए ।

 प्राय जापानका नेपाली महिलाहरुको दैनिकी फलफुल सागपात पानी खानपान, आराम पारिवारीक असहयोग र अनिद्रा जस्ता समस्याबाट पिडामा छन । जापानमा नेपालमा प्रयोग गरिएको नरप्लान्ट कपड्डी जस्ता साधनहरु जापानको कुनै पनि अस्पतालमा निकाल्ने त्यो बिचमा भएको समस्याको बिरामीलाई जाचँ पनि गरिदैन ।

त्यसैले बिमा केन्द्रका कर्मचारी पनि नेपालबाट आउदा यस्ता साधन प्रयोग गरेर नआउन सुझाव दिदै नेपालबाट ल्याएको औषधी पनि प्रयोग गर्न सुझाव दिए । जापान मै आएपछि यस्ता साधनको प्रयोग गर्न अनुरोध समेत गरे । जापानका महिलाहरु प्रत्येक महिना हुने महिनाबारीको भित्तेपात्रोमा लेखेर राख्ने बानी  भएकोले नेपाली महिला हरु पनि यस्तो बानी गर्नाले आफु महिनावारी भएको समयको फरक पत्ता लगाउन सजिलो हुने बताए ।

साथै स्वास्थ्य बिमाको रकम नबुझाउदा बिरामी हुदा महंगोमा उपचार गराउन बाध्य भईने हुदाँ समयमै स्वास्थ्य बिमाको रकम बुझाई स्वास्थ्य जाचँ गरेर आफु ढुक्क हुन अनुरोध गरे । एनआरएनए जापान अन्तर्गत महिला समुह जापानले आयोजना गरेको कार्यक्रममा जापानमा प्रयोग हुने परिवार नियोजनका साधनहरु कण्डम, पिल्स, कपड्डीका बारेमा जानकारी गराईएको थियो । 

जापानमा गर्भपतन गर्नुलाई राम्रो रुपमा लिईदैन । तर यदि बच्चा गर्भपतन गराउने  हो भने श्रीमान र श्रीमति मन्जुर छन भने २१ हप्ता ६ दिन सम्म सकिन्छ । जापानमा कानुनी रुपमा भएका केहि अप्ठ्याराहरुले गर्दा पनि समस्या आउछन । तर आर्थिक र भाषा अभावको कारण मात्रै देखाएर समस्या लुकाई बस्दा झन ठुला रोग निम्तीन सक्छन ।

आइतबार टोकियोमा आयोजित कार्यक्रममा दोभाषेका रुपमा एनआरएनए जापानका महिला समुह सदस्यहरु गंगा डंगोल, संगिता अधिकारी, निरा उपाध्याय रहेका थिए । महिला संयोजक सबिता श्रेष्ठले यस्ता कार्यक्रम आगामी दिनमा पनि खाचोँ रहेको बताईन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर