• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

१० दिनको भ्रमण प्याकेज पेस गर्नुहोस घुम्न जान अनुदान पाउनुहोस

काठमाडौं ।  तपाईलाई देशका विभिन्न ठाउँ घुम्न मन पर्छ ? घुम्न त मनपर्छ तर पैसा छैन भन्ने सोच्दै हुनुहुन्छ भने त्यसको चिन्ता नलिनुहोस ।

सोलो ट्राभल नेपालले तपाईलाई घुम्नको लागी अनुदान सहयोग गर्नेछ । तर तपाई महिला हुनुपर्छ । सन् २०१५ देखि महिलाहरुलाई नेपालका विभिन्न ठाउँ घुम्नका लागि अनुदान सहयोग गर्दै आएको सोलो ट्राभल नेपालले चौथो सोलो वोमन ट्राभल च्यालेन्ज गर्दैछ  । यो प्रतियोगिता अन्तर्गत कोहि पनि महिला एक्लै घुम्न जानुपर्नेछ । तर त्यसको लागि पहिलो इच्छुक महिलाले आवेदन दिनुपर्नेछ ।

प्रतियोगितामा सहभागि हुन  www.solotravelnepal.com/apply मा गएर कम्तिमा १० दिनको योजना पेश गर्नुपर्नेछ । साथै फारम भर्नको लागि रु ३०० रुपैयाँ पनि जम्मा गर्नुपर्नेछ । जुलाई ३१ २०१८ सम्म आवेदन फारम भरिसक्न सोलो ट्राभल नेपालले इच्छुक नेपाली महिलालाई अनुरोध गरेको छ ।

आवेदन दिने १० जना नेपाली महिलाहरुलाई कम्तिमा १० दिन नेपालका विभिन्न ठाउँ तथा परिदृष्य, सांस्कृतिक सम्पदाको अवलोकन तथा भ्रमण गर्न अनुदान दिइनेछ । यो कार्यक्रम अन्तर्गत अहिलेसम्म २८ जना नेपाली महिलाले विभिन्न ठाउँको भ्रमण गरिसकेका छन् ।

आवदेन दिनेमध्य उत्कृष्ट ५० जनाले ५ हजार रुपैयाँ बराबरको उपहार पाउेछन् भने उत्कृष्ट एकजनाले अन्तर्राष्ट्रिय एकल यात्राको अवसर पाउने सोलो ट्राभल नेपालले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर