• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अगष्ट २५ र २६ जापानमा नेपाल फेस्टिवल हुँदै

फेस्टिवलमा नेपाल आइडलका उत्कृष्ट तीन गायकको लाइभ कन्सर्ट

टोकियो । जापानमा नेपाली संस्कृतिलाई प्रवर्धन गर्ने उद्देश्यका साथ नेपाल फेस्टिवल हुने भएको छ । गैरआवासीय नेपाली संघ एनआरएनए जापानको आयोजना, नेपाली राजदूतावास टोकियोको सहयोग तथा जापानका नेपाली संघसस्थाहरुको सहभागितामा हुन लागेको ११ औँ नेपाल फेस्टिवल टोकियो कोमाजावा ओलम्पिक पार्कमा हुँदैछ । जापानी नागरिकलाई नेपालमा स्वागतको निम्तो दिँदै नेपालको पर्यटन विकासमा सहयोग गर्न प्रत्येक वर्ष आयोजना हुने नेपाल फेस्टिवल अगष्ट २५ र २६ मा हुने भएको हो । एनआरएनए जापानले बुधबार पत्रकार सम्मेलन गरी यसबारेमा जानकारी दिँदै स्टल बुकिङ खुल्ला समेत गरेको छ ।       

आयोजकले व्यवसायिक कम्पनी खाना र रेमिट्यान्सका स्टलका लागि बुकिङ खुल्ला गरेको जानकारी गराएको हो । व्यवसायिक कम्पनीका २५ र नेपाली खानाका २० स्टलका लागि बुकिङ खुल्ला गरिएको फेस्टिवल मुल आयोजक समितीका संयोजक देविलाल भण्डारीले जानकारी दिए। स्टलका लागि सुरु मै आउनेलाई प्राथामिकतामा राखिने उनले बताए । यसवर्ष विभिन्न कला भेषभुषाको प्रचारका लागि नेपालबाट समेत फेस्टिवलमा सहभागिता रहने जनाइएको छ । 

साथै फेस्टिवलमा नेपाल आइडलका उत्कृष्ट तीन गायक बुद्व लामा, निशान भट्टराई र प्रताप दासको लाइभ कन्सर्ट पनि रहने भएकोले गत वर्षभन्दा दर्शक बढ्ने अनुमान गरिएको एनआरएनए अध्यक्ष टासी लामाले बताए । स्टल निर्माणका लागि कम्पनीसँग सम्झौता गरिएको जानकारीसहित जापानीमाझ आवश्यक प्रचारप्रसारका काम पनि सुरु गरिएको उनले बताए । सुरक्षा तथा सरसफाई लगायतका कामका लागि पनि विभिन्न संघसंस्थासँग मिलेर समिति गठन गरी काम गरिने आयोजकले बताएको छ । 

नेपाली कला, फराकिलो ठाउँ र नेपाल आइडलका उत्कृष्ट तीन गायकको विशेष प्रस्तुतिसहितको कन्सर्ट हुने भएकाले फेस्टिवल फरक र आकर्षक हुने संयोजक भण्डारी जानकारी दिए । पत्रकार सम्मेलनको संचालन एनआरएनए जापानका प्रवक्ता पर्शु बस्नेतले गरेका थिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर