• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

१२ तस्बिरमा हेर्नुस् 'स्वर्गको टुक्रा' मुस्ताङ

हिमालपारीको जिल्लाको रुपमा परिचित मुस्ताङ प्राकृतिक सुन्दरताले भरिपूर्ण छ । यो जिल्ला धौलागिरी, निलगिरी लगायतका हिमशिखरको बीचमा अवस्थित छ । पुरातात्विक सम्पदाका दृष्टिले समेत मुस्ताङ नेपालकै प्राचीन सभ्यताको केन्द्रका रुपमा चिनिन्छ । 

यो क्षेत्र प्राचीनकालदेखि नै नेपाल र तिब्बत बीचको व्यापारिक मुख्य नाका रहेको बुझिन्छ । यसको सदरमुकाम जोमसोम हो । यस जिल्लाको पूर्वमा मनाङ, पश्चिममा डोल्पा दक्षिणमा म्याग्दी र उत्तरमा तिब्बत पर्दछन् । 

यसको उत्तर–दक्षिण लम्बाई करिब ८० किलोमिटर र चौडाई बढिमा ४५ किलोमिटर छ । यो जिल्ला अन्नपूर्ण हिमशृंङ्खलाको उत्तरमा पर्ने भएकाले यहाँ एकदमै कम पानी पर्दछ । 

यस जिल्लाको बीच भाग भएर कालिगण्डकी नदी बग्दछ । यस नदीलाई स्थानीय भाषामा थाक खोला पनि भनिन्छ । जिल्लाका धेरैजसो बस्ती यही नदीको किनारमा अवस्थित छन् । जिल्लाको उत्तरी भागमा रहेको क्षेत्रलाई लोमान्थाङ भनिन्छ । 

नेपाल धेरैजसो जिल्लाको नामाकरण कुनै खोला, स्थान वा घटनाका आधारमा गरिएको भएता पनि यस जिल्लाको नामाकरण औषधिको नामबाट भएको पाइन्छ । तिब्बतीयन भाषामा ‘मन्’ भनेको औषधि र ‘थाङ’ भनेको चौरबाट मनथाङ हुदै मुस्ताङ हुन आएको हो भन्ने जनश्रुति रहेको पाइन्छ । 

जडिबुटिका हिसावले प्रसिद्ध रहेकाले यस जिल्लाको नामाकरण औषधिकै नामबाट भएको हो भन्ने विश्वास रहेको पनि पाइन्छ । 

मुस्ताङ्ग जुन बाहिरी रुपमा यस्तो होला भनेर अनुमान लगाउने गरिन्छ, बास्तबमा भित्रि रुप निकै भिन्न हुन्छ । साधारणतया हामी सोच्ने गर्छौ कि मुस्ताङ्ग भनेको चिसो, स्याउदाना फल्ने, रुखबिरुवाहरु नभएको हिंउ परिराख्ने ठाँउ हो । 

तर सोचेभन्दा निकै फरक छ मुस्ताङ । मुस्ताङ्ग जुन कुरा त्यहाँ पुगेपछी मात्र थाहा हुन्छ. यस्तै मुस्ताङ्ग भित्र लुकेका कुराहरु यो फोटोमा प्रष्टसँग देख्न सकिन्छ ।

मुस्ताङबाट फर्केपछि

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर