• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

फेसबुकले भन्यो – ‘झुटा खबर हटाउँदा वाक स्वतन्त्रता हनन, अब हट्दैनन् झुटा खबर’

एजेन्सी । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले हाल बेलायतमा ‘फेक न्यूज’ अर्थात् झुटा समाचारविरुद्ध अभियान चलाइरहेको छ । यस अभियानसँग जोडिएको विज्ञापनको नाम ‘फेक न्यूज इज नट आवर फ्रेन्ड’ दिइएको छ । 

तर, अब फेसबुकले गलत समाचार फेसबुकबाट नहटाउने बताएको छ । झुटो खबर पोस्ट गर्ने प्रयोगकर्ताको फरक दृष्टिकोण हुने भएकाले यसलाई हटाउदा ‘वाक स्वातन्त्रताको सुरुवाती सिद्धान्तलाई उल्टाउनु’ बराबर हुने बताएको छ । फेसबुकका अुनसार, कम्पनीले फेक न्यूजलाई नहटाएर, त्यस्ता पोस्टलाई न्यूज फिडको निक्कै तल धकेलिने दिनेछ । यसको अर्थ फेसबुकमा झुटा खबर आउनेछन्, तर सजिलै देख्न नसकिने हुन्छ । 

गएको अमेरिकी राष्ट्रपति चुनावमा समाजिक सञ्जालको माध्यमबाट कथित रुपमा रुसी हस्तक्षेप भएको प्रमाण भेटिएको थियो । त्यसपछि फेक न्यूजको प्रसारमा भूमिकालाई लिएर फेसबुक प्रश्नको घेरमा छ । गएको जुलाई ११का दिन न्यूयोर्कमा एक कार्यक्रममा पत्रकारलाई फेसबुकले झुटो समाचारको समाधान खोज्ने प्रयास भइरहेको बताएको छ । 

कार्यक्रममा उपस्थित पत्रकारको जवाफ दिँदै फेसबुकले भनेको छ, ‘मानिसलाई स्वातन्त्रता दिन हामीले फेसबुक बनाएका थियौं । जुन झुटा खबरले फेसबुकको नियमलाई उल्लंघन गर्दैन, त्यसलाई हटाइने छैन, तर त्यस झुटा सामाग्रीालाई अन्या सामाग्रीभन्दा निक्कै तल धकेलिनेछ ।’

फेसबुकका एक प्रवक्ताले सिएनएनलाई भनेका छन्, ‘अभिव्यकितको रुपमा मानिस यस्ता पोस्ट गर्न सक्छन्, तर हामी यी खबरलाई न्यूज फिडमा माथि देखाउने छैनौ ।’ 

 

– बीबीसी
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर