• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

चराको अण्डा फुटाएकोमा ५ बर्षीया बालिकालाई दिइयो अनौठो सजाय

एजेन्सी । भारत राजस्थानको बुन्दी जिल्लामा एक अनौठो घटना देखा परेको छ ।  एक पाँच बर्षीया बालिकाले चराको अन्डा फुटाएकोमा पञ्चायतले घर बाहिर बस्ने सजाय सुनाएको छ । 

ती बालिकाले अन्जानमै ‘सेन्डपाइपर’(बालुवामा बस्ने एक थरी चरा)को अण्डा फुटाएकी थिइन् । हरिपुरा गाउँमा बस्ने ती बालिका नजिकैको स्कूल गइरहेकी थिइन् । यस दौरानमा उनको खुट्टामुनि चराको अण्डा आयो र त्यो फुट्यो ।

अन्जानमै भएको यस घटनापछि ती बालिकामाथि एक जीवलाई मारेको आरोप लगाइयो र गाउँका पञ्चको समूहले बालिकालाई ११ दिनसम्म घरबाहिरै बस्ने अनौठो सजाय सुनायो । घर बाहिर रहनका साथै ती बालिकालाई कसैले पनि छुन नहुने भनिएको थियो । 

यति मात्रै होइन, बालिकाका आमा–बुवालाई पनि यही सजाय सुनाइयो अर्थात्, यदी बालिकालाई छोएमा उनका परिवार जातबाट निकालिने बताइयो । रैगर जातिको यी परिवारको घरबाहिर एक छानो जोडिएको छ, जसमा बालिकालाई राखिएको थियो । उसलाई बाहिरै खाना–पानी पुर्र्याइन्थ्यो, तर छुन पाइन्नथ्यो ।

पञ्चहरुले भने जबसम्म बालिकालाई देवी–देवताको स्थानमा लगेर त्यहा नहाएर ल्याइदैन तबसम्म गृह प्रवेश हुनु हुँदैन । परिवारलाई सजायमा भनियो, पञ्चका लागि स्वादिलो भुटेको चना र मदिराको बन्दोबस्त गर्न पनि लगाइयो । यद्यपी, प्रहरीको कारबाहीपछि बालिकालाई आफ्नो घरभित्र पस्न दिइएको छ । 

प्रहरीले गाउँका १० व्यक्तिविरुद्ध किशोर न्याय काुन र छुवाछुत कानुनका विभिन्न प्रावधानको माध्यमबाट मुद्दा दर्ता गरेको छ । राजस्थानको बुन्दी जिल्लाको यस गाउँको मान्यता अुनसार, ‘सेन्डपाइपर’ चरा बर्षाका लागि शुभ मानिन्छ । यसलाई मार्नु वा यसको अण्डा फुटाउनु अशुभ हुन्छ । यदी यो चरा रिसाएमा गाउमा पानी नपर्ने मान्यता छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर