कारसँगै गहिरो खाल्डोमा खसेकी महिलाको ७ दिनपछि उद्धार, रेडिएटरको पानी पिएर बाँचिन्
एजेन्सी । साता दिन बेपत्ता भएकी ओरेगनकी एक महिलालाई क्यालिफोर्नियाको एक तटीय चट्टानको फेदबाट उद्धार गरिएको छ । ती महिला क्षतिग्रस्त एसयुभी कारसँगै भेटिएको बताइएको छ ।
प्रहरीका अनुसार, पोर्टल्याण्डस्थित आफ्नो घरबाट लस एञ्जल्सको लङ्केस्टरस्थित बहिनी इसाबेला कहाँ गइरहेका बेला ती महिलाको कार चट्टानबाट तल खस्न पुग्यो ।
अंगला हर्नाडेज नामकी २३ बर्षीया ती महिलालाई शुक्रबार साँझ एक जोडीले चट्टानको फेदीमा फँसिरहेको देखो । उनी सडकदेखि दुई सय फिट तल उसको क्षतिग्रस्त युएसभी कार नजिकै भेटिइन् ।
उनको श्वास चलिरहेको थियो र उनी होशमै थिइन् । उनको काँधमा गहिरो चोट लागेको थियो । ती महिलाले सात दिनसम्म उनको क्षतिग्रस्त कारको रेडिएटरको पानी पिएर बाँचेको बताइएको छ ।
ती महिलालाई लापत्त हुनअघि अन्तिम पटक कार्मल ग्यास स्टेशन नजिकै देखिएको थियो । प्रहरीले उनको साता दिनदेखि नै खोजी गरिरहेको थियो । चट्टानमुनि फसेको जानकारी पाएपछि ती महिलालाई सकुसल उद्धार गर्न प्रहरी सफल भयो ।
प्रतिकृया दिनुहोस