• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

होसियार ! फोन नउठाउनु, कलब्याक पनि नगर्नु

काठमाडाैं । नचिनेको विदेशी नम्बरबाट आएको फोन नउठाउन र मिस कल देखिए कलब्याक समेत नगर्न नेपाल टेलिकमले सजग गराएको छ । केही दिन यता नचिनेका विदेशी नम्बरबाट नक्कली फोन आउने क्रम बढेको र त्यसता फोन उठाँउदा वा फोन फर्काउदा सो नम्बर रेर्कड हुनगइस् फोनको पैसा नक्कली काम गर्नेको खातामा जाने टेलिकमको भनाई छ ।

नेपाल टेलिकमकी प्रवक्ता प्रतिभा बैद्यले यस्ता फोन नउठाउन तथा कलब्याक नगर्न आग्रह गरेकी छन् ।विभिन्न विदेशी नम्बरबाट नेपाली मोबाईल नम्बरहरुमा जथाभावी फोन आउने क्रम केही समय यता बढेको छ । 

आफ्ना आफन्त वा कसैको ठानेर यसरी विदेशी नम्बरमा कल ब्याक गर्दा गठिने संभावना अत्याधिक रहेकाले टेलिकमले नजिनेका विदेशी नम्बरबाट आएको फोन नउठाउन तथा कलब्याक नगर्न सचेत गराएको हो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर