युट्युवमा उकालो चढ्दै प्रचण्डकी नातिनीको ‘पानी कुवाको’ 

फरक शैलीको गीत ल्याएको छु– स्मिता दाहाल

काठमाडौं । गायिका स्मिता दाहालको स्वर रहेको ‘पानी कुवाको’ बोलको नयाँ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । सोमबार युट्युवमार्फत् सार्वजनिक गरिएको गीतमा स्मितालाई गायक सरोज ओलीले साथ दिएका छन् । 

बाल, राष्ट्रिय, आधुनिक तथा फिल्मी गरी ५५ भन्दा बढी गीत गाइसकेकी स्मिताले यो गीत अगाडिका गीतभन्दा केही फरक धारको भएको बताइन् । भिडियोमा कार्टुन क्रुज समूह र अभिनेत्री प्रियंका कार्कीले फिचरिङ गरेका छन् । 

‘डान्सिङ नम्बर’ को रुपमा निकालिएको यस गीतलाई लिएर दर्शक तथा शुभचिन्तकबाट निक्कै राम्रो–राम्रो प्रतिक्रिया आइरहेको गायिका स्मिताले बताएकी छिन् । उनले समाचार दैनिक डटकमसँग भनिन्, ‘यो गीत मेरो अगाडिको गीतभन्दा निक्कै फरक शैलीको हो र मलाई अहिलेसम्मकै मन परेको गीत हो ।’

युट्युवमा ‘भ्युअर’को संख्या बढिरहेको र राम्रा प्रतिक्रिया आइरहेको स्मिताले जानकारी दिइन् । गीतप्रति आशावादी हुँदै स्मिताले भनिन्, ‘फरक शैलीको राम्रो गीत ल्याएकी छु, दर्शकले मन पराउनुहुने विश्वास लिएको छु ।’ ९ वर्षको उमेरदेखि नै गीत–संगीतको क्षेत्रमा लागेकी स्मिताले आफ्नो तेश्रो एल्बम ‘रागिनी’ का गीतहरु पनि आफूलाई निक्कै मनपर्ने बताइन् । 

स्मितालाई केहीले नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) की नातिनी भनेर चिन्छन् भने केहीले गायिकाको रुपमा चिन्छन् । स्मिता आफूलाई गायिकाको रुपमा चिनाउन मन पराउँछिन् । 

उनको यस नयाँ गीतलाई युट्युवमा २ लाख ६८ हजारभन्दा बढी पटक हेरिसकिएको छ भने गीतले ११ हजार बढीले लाइक गरेका छन् । यो गीत युट्युब ट्रेन्डिङ उकालो चढ्ने क्रममा छ । 

दिनेश थपलियाको शब्द रहेको यस गीतमा वसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेका छन् । त्यस्तै गीतको भिडियोलाई सौरभ लामाले छायांकन गरेका छन् भने अर्जुन जिसीले सम्पादन गरेका छन् ।
 

हेर्नुहोस् भिडियो

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर