चर्को मुल्यमा भारतीय केरा उपभोग गर्दै उपभोक्ता 

हिमाल जोशी, धनगढी । धनगढी भन्सारबाट आयात गर्न रोक लगाइएको भारतीय केरा उपभोक्ताले बजारमा महंगो मुल्यमा उपभोग गर्नु परेको छ ।


 धनगढीको नाकामा केरा आयातमा रोक लगाइएपछि व्यवसायिहरुले नेपालगंञ्जको रुपैडिया नाकाबाट केरा ल्याएर उपभोक्तालाई महंगोमा बिक्रि गरिरहेका छन् । 


कैलालीका केरा उत्पादक किसानहरुले प्रदेशलाई पुग्ने केरा कैलाली कञ्चनपुरमा उत्पादन भैरहेको भन्दै भारतमा उत्पादित केरा आयातमा रोक लगाए पनि कैलालीका उपभोक्ताले भने महंगो मुल्य तिरेर भारतीय केरा नै उपभोग गर्नु परेको हो । 


किसानको पटक पटकको माग पछि प्लान्ट क्वारेन्टाइन कार्यालय धनगढीले गत बर्षको असोजबाट भारतीय केराको आयातमा रोक लगाएको थियो । नजिकको गौरीफन्टा नाकाबाट केरा आयातमा रोक लगाए पछि रुपडिया नाका हुँदै नेपालगंज भएर धनगढी पुग्ने केराको मुल्य दुई गुणा महंगो छ । रुपडिया नाकाबाट कैलाली भित्रिने केरा उपभोक्ताले प्रति दर्जन ९० रुपैँया सम्म तिर्नुपरेको छ । जबकी गौरीफन्टा नाका भएर आउँदा उक्त मुल्य ५० देखि ५५ रुपैँया पर्ने गरेको केरा व्यापारीहरु बताउँछन् । 


आर्थिक बर्ष २०७३/०७४ मा मात्रै गौरीफन्टा नाकाबाट एक हजार छ सय ८९ मेट्रिक टन केरा कैलाली भित्रिएको थियो । गत आर्थिक बर्षको शुरुको दुई महिनामा मात्रै चार सय ४४ टन केरा कैलाली भित्रिएको छ ।
जिल्ला कृषि ईकाई कार्यालयका अनुसार कैलालीमा दुई सय ५० भन्दा बढी कृषक केरा खेतीमा छन् । करिव सात सय ५० हेक्टर क्षेत्रफलमा केरा खेती गरिन्छ । कैलालीमा उत्पादन हुने केरा सुदूरपश्चिमका नौ वटै जिल्ला र दाङ, सुर्खेत लगायत जिल्लामा निर्यात हुने गरेको छ । झण्डै आठ लाख जनसंख्या रहेको कैलाली जिल्लामा बार्षिक ६४ हजार मेट्रिक टन तरकारी तथा फलफुलको आवश्यकता पर्दछ । 


कैलाली जिल्लामा चालु आर्थिक बर्ष २०७४÷०७५ मा करिव १० हजार आठ सय मेट्रिक टन केरा उत्पादन भएको छ । गत आर्थिक बर्ष २०७३÷०७४ को तुलनामा यो आर्थिक बर्ष केरा उत्पादन बढेको छ । 
गत बर्ष ७ सय ३५ हेक्टर जमिनमा नौ हजार नौ सय सय २२ मे«िटक टन उत्पादन भएको थियो । तराईको भ–ुभागमा उन्नत जातको केरा उत्पादन बढेसंगै पहाडी गाउँपालिका महोन्याल र चुरेमा स्थानीय केराको उत्पादन पनि बढेको तथ्यांकले देखाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर