• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

वन–डे सिरीज इंग्ल्याण्डको पोल्टामा, जोय रुटले खेले शतकीय पारी 

एजेन्सी । भारतलाई ८ विकेटले हराउँदैे तेस्रो एकदिवसीय इंगल्याण्डले जितेको छ । योसँगै तीन एकदिवसीय सिरिज इंग्ल्याण्डले २–१ ले आफ्नो पक्षमा पारेको छ । 


लीड्सको हेडिङ्ली मैदानमा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको भारतले प्रस्तुत गरेको २५७ रनको लक्ष्य इंग्ल्याण्डले २ विकेटको क्षतिमा भेट्टायो । उसका लागि जोय रुटले नटआउट १०० रन बनाए । क्याप्टेन इयन मोर्गन पनि ८८ रनमा नटआउट रहे ।

यसअघि भारतका लागि विराट कोहलीले ७१, शिखर धवनले ४४ तथा महेन्द्र सिंह धोनीले ४१ रन बनाउनुबाहेक अरुले उल्लेख्य प्रदर्शन गर्न सकेनन् । दिनेश कार्तिक, हार्दिक पाण्डेय र भुवनेश्वर कुमार २१-२१ रनमा आउट भए । डेभिड विली र अदिल रसिदले भारतको ३–३ विकेट लिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर