राम्दीमा सत्संग प्रवचन सुरु

कमल अधिकारी / पाल्पा । सिद्ध गुफा धार्मिक पर्यटकीय क्षेत्र विकास रामनदी धाम राम्दीमा एक महिने अखण्ड रुद्राभिषेक गंगा आरती, भण्डारा साथै सत्संग प्रवचन कार्यक्रम सुरु भएको छ ।

 रामनदी धामलाई धार्मिक पर्यटकीय स्थलको रुपमा विकास गरी धर्मशाला निर्माणको सहयोगार्थ कार्यक्रम सुरु गरिएको आयोजकले जनाएको छ । साउन महिनाभरी चल्ने कार्यक्रममा वाचन प्रविण पण्डित प्रकाश तिावारीले प्रवचन गर्नेछन । कार्यक्रमको पूर्व मन्त्री एंव पाल्पा क्षेत्र नं. २ का सासंद सोमप्रसाद पाण्डेले उद्घाटन गरे ।

कार्यक्रममा बोल्दै उनले रामनदी धामलाई विकास गर्न आफू सदा लागिपर्ने प्रतिबवद्धता जनाए । 

पाण्डेले आफु उद्योग मन्त्रीहुँदा सिलान्यास गरेको निर्माणधिन धर्मशाला को अझ एक तला थप गर्नका लागी आफुले पहल गर्ने पतिवद्धता व्यक्त गरे । रामनदी धाममा पहिलो पटक १२ घण्टे अखण्ड रुद्राभिषेक र गंगा आरती सुरुवात गरीएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर