रामकृष्णको एकल सांगितिक साँझ टोकियोमा

संगिता कुँवर/ टोकियो । कलाकार कल्याणकारी अक्षयकोष सहयोगार्थ गायक तथा संगीतकार रामकृष्ण बम मल्ल एकल सांगितिक साँझ २०१८ टोकियो जापानमा हुने भएको छ । 

अक्टुबर २ तारिखमा मेगुरो कुमिन सेन्टरमा सांगितिक साँझ हुन लागेको हो ।  नेपाली कला, सँस्कृति, गीत, संगीतको माध्यमबाट जापानमा नेपालको चिनारी बढाउने र दुई देश बीचको साँस्कृतिक सम्बन्धलाई थप उचाईमा पु¥याउने नेपाल र जापान दुईदेश बीच रहीआएको असल सम्बन्धलाई नजिक बनाउन  कार्यक्रम गर्न लागेको मल्लले जानकारी दिए ।

  २०६२ सालमा नेपाल सरकार वा कुनै दातृ निकायको सहयोग विना नै विशुद्ध कलाकार र कलाप्रेमीद्वारा स्थापित कलाकार कल्याणकारी अक्षयकोष नेपाललाई सहयोग गर्न  संकलित रकम हालसम्म ७० लाख रुपैंयाँ जम्मा भइसकेको र यसवर्षलाई कोष अभिवृद्धि वर्षको रुपमा देश तथा विदेशमा विभिन्न कार्यक्रमको आयोजना गरी १ करोड बनाउने लक्ष्य लिई  कोषको सहयोगार्थ जापानमा रामकृष्णबम मल्ल प्रथम एकल सांगीतिक साँझ गरिने भएको हो ।

 विगत दुई दशकदेखिको साँगीतिक यात्रा र जापान बसाइको क्रममा सिकेका, भोगेका र संगालेका यस क्षेत्रका अनुभवहरुको एकमुष्ट कार्यक्रम तर नितान्त पृथक, नयाँ शैली र उच्च प्रविधिको प्रयोग एवं प्रस्तुती रहने छ । एउटै रंगमञ्चमा नेपाली तथा जापानी वाद्यवादकको संयोजनमा संयुक्त लाइभ कार्यक्रम गरिने कार्यक्रममा नेपाली बाधबादक ऋषि पौडेल तबला,मादल, मन थापा सारङगी,खडक पुन बाँसुरी, उत्तम बि क, ढोलक तबला मादल,भरत सुनार अक्टोप्याड जापानिज बाधबादक पनि  रहने छन भने हारमोनियममा  स्वयम गायक मल्ल रहने छन ।

अतिथी कलाकारको रूपमा जापानिज गायिका आओई सानो र ईरी कावामुराको प्रस्तुति रहने छ भने गायिका सोना के सी र सिता पुन रहने आयोजकले जनाएको छ । साथै दिप वे जापानले कार्यक्रमको प्रायोजन समेत गर्ने भएको छ । पहिलो पटक गर्न लागेको सहयोगी कार्यक्रममा साथ दिन मल्लले सबै नेपालीलाई अनुरोध गरेका छन ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर