• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

क्रिकेटर शक्ति गौचनद्धारा सन्यासको घोषणा, नेपाली दर्शकसामू बिदाई हुने चाहना

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका महत्वपूर्ण खेलाडी तथा बलर शक्ति गौचनले सन्यासको घोषणा गरेका छन् । गौचनले युरोप टुरमा जानु अघिल्लो दिन पत्रकार सम्मेलन गर्दै सन्यासको घोषणा गरेका हुन् । 

उनले साउन १६ र १८ गते नेदरल्याण्डसँगको एक दिवसीय खेलपछि सन्यास लिने बताएका छन् । यद्यपी गौचनले आफू नेपाली दर्शकसामू बिदाई खेल खेल्दै नेपालमै सन्यासको घोषणा गर्न चाहेको समेत बताएका छन् । 

नेपाली राष्ट्रिय टोलीले साउन १३ गते इंग्ल्याण्डको लल्र्डसमा मेरिलबोन क्रिकेट क्लब (एमसिसी) र नेदरल्याण्डसँग टि २० सिरिज खेल्नेछ । त्यसपछि साउन १६ र १८ गते नेदरल्याण्डसँग एक दिपसीय खेल खेल्ने छ । नेदरल्याण्डसँगको एक दिवसीय खेल नै अन्तिम हुने शक्तिले बताएका छन् ।

भारतको मुम्बईमा क्रिकेट खेल्न सिकेका शक्तिले सन् २००० मा नेपालको १७ वर्षमुनिको टोलीको नेतृत्व गर्दै क्रिकेट खेलेका थिए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर