• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

अनसनरत केसीको समर्थनमा काठमाडौंमा प्रदर्शन

काठमाडौं । काठमाडौंको बसन्तुपरमा आज अनसनरत डा गोविन्द केसीका समर्थकले विरोध प्रदर्शन गरेका छन् ।

रेजिडेन्ट्स एशोसिएशन अफ नाम्स (आरएन)  र नेपाल रेजिडेन्ट्स अफ डक्टर्स एशोसिएशन (एनआरडिए)ले  विरोध प्रदर्शन गरेको हो । चिकित्सा शिक्षा क्षेत्रको सुधारको माग गर्दै १५ औँ पटक जुम्लामा अनशनरत डा केसीको समर्थनमा उनीहरुले प्रदर्शन गरेका हुन् ।

विरोध प्रदर्शनमा रहेकाहरुले डा. गोविन्द केसीको जीवन रक्षा गर, वि आर विथ डा. गोविन्द केसी, जनता मार्ने सरकार चाहिदैन, बहुमत दिने जनता फाइदा लुट्ने माफिया लगायतका ब्यानर बोकेर प्रदर्शन गरेका थिए । 

 

 

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर