• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

समृद्ध तीनवटै एकेडेमी, संस्कृतिमन्त्रीका कुन कुरा पत्याउने ?

एकजना प्राज्ञले मसँग भने ‘सबभन्दा डराएका कलाकार रहेछन् । खोई ! साहित्यकार जागेका, खोई संगीत नाटयकर्मी जागेका । कसैलाई चासो छैन तर कलाकारहरु सा¥है विचलित भएको देखेँ ।’ 
    ‘तपाई पनि कलाकार नै हो । तपाई चाहिँ विचलित हुनुभएको छैन र ? भन्दै मैले सोधे । 
    ‘म विचलित भएको छैन’ भन्दै ‘झोकिएर गाडी चढेर हिडे ।’
    यो घटना केही दिन अगाडिको हो ।
    कलाकार चन्दा श्रेष्ठको संयोजनमा सम्पन्न भएको कला कार्यशालामा तयार पारिएका चित्रको प्रदर्शनी हुने 
दिन । कार्यक्रमको उदघाटन गर्न संस्कृतिमन्त्री आउने कार्यक्रम थियो । तर मौसम खराब भएको हुँदा उनी पोखराबाट काठमाडौं हवाइजहाज उडन नसकेका कारण आउन सकेनन् । 
अतः उक्त कार्यक्रमको कुलपतिले उद्घाटन गरिन् । सो कार्यक्रममा अधिकांश वक्ताले तीनवटै एकेडेमी गाँभिनु  हुँदैन । यस कुराको जोडदार विरोध गर्नुपर्छ भनेका थिए । 

० ‘ऐकेडेमीहरु गाँभिदैन । सर्वथा, संग्रहालयहरु मिलाउने कुरासम्म भएको हो तर बजेट भाषणमा तीनवटै ऐकेडेमी गाँभिने कुरा कहाँबाट कसरी आयो हामी आफैँ छक्क परेका छौं,’ संस्कृतिमन्त्री एक कार्यक्रममा भन्छन् । 

०  त्यसैगरी अर्को एक कार्यक्रममा संस्कृतिमन्त्री भन्छन्, तीनवटै एकेडेमीलाई अझ कसरी परिस्कृत र समृद्घ बनाउने हो । सो सम्बन्धमा मन्त्रालयले शिघ्र नै एक कार्यदल गठन गर्न लागेको छ । 

०  यस्तो अर्को एक कार्यक्रममा संस्कृतिमन्त्री भन्छन् ‘७ वटै प्रदेशमा तीनवटै एकेडेमीको सार्थता कति छ त्यसको बजेट व्यवस्था कसरी हुन्छ ?’

०  अर्को एक कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भन्छन्, ‘तीनवटै एकेडेमी छुट्टाछुट्टै चाहिन्छ, मेरै समयमा हामीले तीनवटा एकेडेमी बनाएका हौ । अतः तीनवटै एकेडेमी हुन्छन् यी गाँभिदैनन् ।’ 


संस्कृतिमन्त्री एकेडेमी गाभ्नुहुन्न भन्ने कुरामा सतप्रतिशत सहमत छन् । उनले लिएको अडान पछिसम्म कायम रह्यो भने नेपालमा तीनवटै एकेडेमी परिस्कृत भएर आउँछन् । तर एकेडेमीलाई कति परिस्कृत, कति समृद्घ बनाउने मन्त्रालयबाट अध्ययानार्थ गठन हुने कार्यदलले उल्टो अर्थात बजेटको कारण देखाएर तीनवटै एकेडेमीलाई एउटैमा गाभ्ने प्रतिवेदन दियो भने मन्त्रीज्यूको अडान के हुन्छ ? ललितकलाको संघर्षको पचास वर्षको इतिहास छ । विश्वका सबै मुलुकमा कला, साहित्य र संगीत÷नाटय एकेडेमी छन् । ती एकेडेमीहरु हाम्रो मान्छे होइन राम्रो मान्छेले हाँकेका छन् । अतः सरकारलले तीनवटै एकेडेमी गठन गर्दा कुशल, सबल, नेतृत्व गर्न सक्ने व्यक्तित्वहरु चयन गर्नुपर्छ । आफ्ना आसपासे, असक्षम व्यक्तित्वलाई चयन गरेर एकेडेमीहरु चलाउन खोज्ने हो भने त्यस सम्बन्धमा पुनःविचार गर्नैपर्छ । 
    तर, प्राज्ञज्यू हामी त्यसै कुर्लेका होइनौ, हामी त्यसै डराएका पनि होइनौ । हामी त हाम्रो संंघर्ष खेर नजाओस् भनेर चिन्तित भएका हौँ । हामीलाई अल्पबुद्धि भएकाहरुले पराजित नगरुन् भनेर जागेका हौँ । हामी तीनवटै समृद्घ एकेडेमीहरुको सपना देख्छौै । हामीलाई थाहा छ मुलुकले हाम्रै सपना देख्नेछ । 


    
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर