• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

लामो समयपछि नोकियाको ‘एक्स–फाइभ’ स्फार्टफोन लञ्च, यस्ता छन् फिचर

एजेन्सी । लामो समयपछि नोकियाले कम मुल्यको स्मार्टफोन लञ्च गरको छ । ‘एचएमडी ग्लोबल’ फोन कम्पनीले ‘नोकिया एक्स–फाइभ’लाई चीनमा लञ्च गरेको हो । यो ‘एक्स’ सिरिजको अर्को स्मार्टफोन हो । 

यसअघि यो कम्पनीले ‘नोकिया एक्स–सिक्स’को लञ्च गरिसकेको छ । एन्ड्रोएड ८.१ ओरियो अपरेटिङ सिस्टम, डिस्प्ले नोच र भर्टिकल  डिजाइन भएको दुई रियर क्यामेराजस्ता फिचरले नोकिया एक्स–फाइभ जस्ता फिचरले यो स्फार्टफोनलाई बिशेष बनाएको छ । 

यसमा पहिलो लेन्स ५ मेगापिक्सलको रियर सेनसर दिइएको छ, जसको अपर्चर एफ, २.० छ, त्यस्तै अर्को लेन्स ५ मेगापिक्सल छ र यसमा एलईडी फ्लास पनि छ । सेल्फीका लागि यसमा एफ २.२ अपर्चर भएको ८ मेगापिक्सलको लेन्स दिइएको छ । 

यसैगरी, ५.८६ इन्चको एचडी प्लस डिस्प्ले दिइएको छ । यसमा ‘मिडिया टेक हेलियो पि ६०’ ओक्टाकोर प्रोसेसर दिइएको छ । यस स्मार्टफोनका दुई भर्जन छन्, जसमा एकमा थ्रि–जिबी र्यामका साथै ३२ जिबीको इनटरल मेमोरी दिइएको छ । त्यस्तै, अर्को भेरिन्टमा ४ जिबी र्यामका साथमा ६४ जिबी र्याम इन्टरनल मेमोरी दिइएको छ । 

नोकिया एक्स–फाइभ फानमा रियरमा एक फिंगरप्रिन्ट सेन्सर र नोयिकाको ब्रान्डिङ दिइएको छ । यस डबल सिम स्मार्टफोनमा एन्ड्रोएड ८.१ ओरियो दिइएको छ । त्यस्तै यसको ब्याट्री ३०६० एमएएचको छ भने कम्पनीले एक पटक चार्ज गरेपछि २७ घण्टासम्म ब्याट्री टिक्ने र १७.६ घण्टा टकटाइम दिने दावी गरेको छ । 

यो स्मार्टफोन तीन वटा रंगामा उपलब्ध हुनेछन्, जसमा निलो, सेतो र कालो छ । हाल यस स्मार्टफोनको बिक्री खुल्ला चीनमा मात्रै गरिएको छ । यस स्मार्टफोनको बिक्री १९ जुलाईबाट सुरु हुनेछ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर