• २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024

घर भत्किदा ९ र सडक दुर्घटनामा १० को मृत्यु

नयाँ दिल्ली । भारतको राजधानी नयाँ दिल्लीको बाहिरी इलाकामा मङ्गलबार अबेर एक आवासीय घर भत्किदा ९ जनाको ज्यान गएको अधिकारीले जानकारी दिएका छन् । 

भत्किएको भवनको भग्नावशेषबाट बिहीबार उद्धारकर्ताले थप चार व्यक्तिको शव निकालेपछि मृत्यु हुनेको सङ्ख्या नौ पुगेको बताइएको छ । 

उक्त छ तले आवासीय भवन भत्किएपछि यसबाट छिमेकमा रहेका अन्य भवनलाई पनि क्षति पुगेको बताइएको थियो । नयाँ दिल्लीबाट पूर्वतर्फको इलाकामा रहेको सो भवनमा दुई परिवारका श्रमिक बसिरहेका थिए । 

करिब १५० जना उद्धारकर्ताको सहयोगबाट उनीहरुको शव निकालिएको भारतीय सरकारी अधिकारीले जानकारी दिएका छन् । यस घटनापछि प्रहरीले सो भवनको मालिकसहित चार व्यक्तिलाई पक्राउ गरेको छ । उक्त भवन वर्षाका कारण भत्किएको अनुमान गरिएको छ । 

भारतमा जुनदेखि सेप्टेम्बरसम्म हुने मनसुनी वर्षाका कारण कैयौँ भवन भत्किने गरेका घटना सार्वजनिक हुनेगरेको पाइन्छ । यसैबीच प्राप्त अर्को एक समाचारमा भारतमा बिहीबार बिहान भएको सडक दुर्घटनामा परी दश व्यक्तिको मृत्यु भएको छ । 

बिहीबार भएको यस घटनामा अन्य कैयौँ घाइते भएका छन् । उत्तरी भारतीय राज्य उत्तराखण्डमा यो दुर्घटना भएको बताइएको छ । विश्वका अन्य देशहरुको तुलनामा भारतमा सडक दुर्घटनाको दर उच्च रहेको पाइएको छ । 

चालकको लापरवाही, सडकको मर्मत समयमै नहुनु, सवारी साधनले ट्राफिक नियम उल्लङ्घन गर्नुजस्ता कारणले यहाँ धेरै मात्रामा सडक दुर्घटना हुने गरेको विज्ञको भनाइ छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर