• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

‘प्रिय...तिमीलाई मैले सुरक्षित राख्ने उपाय अब स्वर्ग मात्र हो'

सबैलाई लागिरहेको थियो त्यो एक सामान्य चिसोको कारण थियो, तर जब दिन बित्दै गयो स्थिति झनै चिन्ताजक बन्दै गयो । अन्ततः आमा ‘रुथ स्कली’ र बुवा ‘जोनाथन स्कली’ले थाहा पाए, उनीहरुका ३ बर्षीय छोरा नोलन एक दुर्लभ क्यान्सरबाट पीडित छन् । 

सन् २०१५ सेप्टेम्बरको महिना थियो ‘नोलन’ नाक बन्द हुने समस्या झेलिरहेका थिए । उनका बुवा–आमालाई लाग्यो यो खाली एक समान्य रुघाखोकी, चिसोको समस्या हो । तर, त्यसको केही समयपछि नै नोलनलाई गाह्रो हुन थाल्यो, यहासम्म कि उसलाई श्वास फेर्न नै गाह्रो हुन थाल्यो र औषधिले नछुने अवस्थामा पुगे । 
दुई महिनापछि चिकित्सकले नोलनको नाक बन्द हुनुको कारण ‘ट्युमर’ रहेको पत्ता लगाए । नोलन ‘राब्डोम्योसार्कोमा’ नामक एक दुर्लभ क्यान्सरबाट पीडित रहेको थाहा भयो । 

एक दुःखी आमा ‘रुथ’ यस रोगको तितो वास्तविकतालाई ‘सेयर’ गर्न  चाहान्थिन् । उनले फेसबुकमा सानो नोलन बाथरुमको ढोकामा सुतिरहेको तस्विर सेयर गरिन् । जसमा आमा रुथ नुहाउन जाँदा पनि नोलन आफ्नी आमाको साथ छोड्नबाट डराउँथे, त्यसैले उनी बाथरुमको ढोकामै कुरेर सुतिरने गरेको रुथले बताइन् ।  
विभिन्न चरणको उपचारपछि नोलन झनै कमजोर बन्दै थिए । अन्ततः क्यान्सर उसको शरीरभरी फैलियो । जब क्यान्सर यस गतिमा फैलिन्छ, बाच्ने सम्भावना ४० देखि २० प्रतिशतसम्म घट्छ । नोलनको बाँच्ने समय विस्तारै खुुम्चदै थियो । त्यसपछि, नोलनकी आमाले उसको जीवनको अन्तिम महिनालाई अभिलेख गर्ने निर्णय गरिन् । 

जब रुथले नोलनलाई अन्तिम पटक हस्पिटल पुर्याएकी थिइन् उसले धेरै दिनसम्म केही खान सकेन, किनकि उसले लगातार उल्टी गरिरहेको थियो । 
आफ्नो फेसबुक पोस्टमा नोलनकी आमाले हस्पिटलमा आफ्नो छोरासँगको अन्तिम दिनहरु यसरी बर्णन गर्छिन् (उनकै शब्दमा) ः

.......
म उसको नजिकै बसेको थिए, उसको टाउको र मेरो टाउँको जोडेर कुरा गरे । 
मैले सोधे, ‘ श्वास फेर्दा दुख्छ है ?’
उसले भन्यो, ‘अँ, हो’ । 
फेरि मैले सोधे, ‘तिमी धेरै दुखमा छौँ, हैन त बेबी ?’
उसले भन्यो, (तलतिर हेर्दै) ‘हो’ ।

फेरि मैले भने, ‘यो क्यान्सरले धेरै दुःख दियो है, तिमीले अब लड्नु पर्दैन ।’ 
खुशी हुँदै नोलनले भन्यो, ‘पर्दैन ? तर म तपाईका लागि लड्नेछु मम्मी !’ 
मैले भने, ‘होइन छोरा, के तिमी जे गरिरेका छौ, त्यो मम्मीको लागि लडिरहेका छौ ?’, उसले भन्यो, ‘हो’ ।

त्यसपछि मैले सोधे, ‘नोलन , तिम्रो मम्मीको काम के हो ?’
एक प्रफूल्ल मुस्कुराहटका साथ उसले जवाफ दियो, ‘मलाई सुरक्षित राख्नु’ । 

त्यसपछि मैले भने, ‘प्रिय... अब म अरु बढी गर्न सक्दिन । तिमीलाई मैले सुरक्षित राख्ने एउटै उपाय अब स्वर्ग मात्र हो (मेरो मुटु भक्कानियो) ।’ 

उसले जवाफ दियो, ‘त्यसोभए, अब म स्वार्ग जान्छु र तपाई त्यहाँ नआएसम्म म खेल्नेछु, तपाई आउँनुहुन्छ नि ?’
मैले भने, ‘पक्का , तिमीले मम्मीबाट त्यति सजिलै छुटकारा पाउन सक्दैनौ ।’ 

अनि छोराले भन्यो, ‘धन्यवाद मम्मी ! म ‘हन्टर, ब्रिली र हेन्रीसँग खेल्नेछु ।’
......
त्यसपछिका केही दिनहरुमा नोलन धेरै जसो सुतिरहन थाले । उनका बुवा–आमा उसलाई घर लान चाहान्थे र एक अन्तिम रात परिवार एकसाथ बिताउन चाहान्थे । तर जब उनीहरु प्याकिङ गर्न थाले, नोलनले उसको आमाको हात च्याप्प समायो र त्यही ठिक भएको बतायो, उसले हस्पिटलमै बस्न सक्ने बतायो ।

रुथ फेसबुकमा लेख्छिन्, ‘मेरो चार बर्षीय ‘हिरो’ले मेरा लागि सबै चीज सजिलो थियो भनेर सुनिश्चित गर्ने प्रयास गरिरेको थियो । 

उनी थप लेख्छिन्, ‘ बेलुकाको करिब ९ बजेको हुँदो हो, बेडमा बसेर हामी युट्युबमा ‘पप्पा पिग’ हेरिरहेका थियौँ । मैले नोलनलाई मम्मी नुहाउँन जाउँ भनेर सोधे, यद्यपी मलाई उसलाई एक्लै छोड्ने अनुमति थिएन र उसलाई हर समय सुम्सुमाइ रहनुपथ्र्यो ।’

रुथ लेख्छिन्, ‘उसले जवाफमा भन्यो, ‘‘हुन्छ मम्मी, क्रिस अंकल मसँग बस्नुहुन्छ, अनि म यतातिर फर्कनेछु ताकि म तपाईलाई देख्न सकुँ’’ ।

त्यसपछि म बाथरुमको ढोका निर पुगेर उसलाई भने, ‘यहाँ हेरिराख्नु, म दुई सेकेन्डमा बाहिर निस्कन्छु’ । 
नुहाई सकेर उसको न

जिक बेडमा गए“ र उसको दायाँ अनुहारमा मेरो हात राखेँ । त्यसपछि एक चमत्कार भयो, जुन म कहिल्यै भुल्न सक्नेछैन ।’
‘मेरो देवदूत(नोलन)ले एक श्वास लियो, आँखा उघार्यो, मलाई हेरेर  मुस्कुरायो र भन्यो, ‘आई लभ यु, मम्मी’ । 

त्यसपछि उसले मतिर मुन्टो फर्कायो र रातको ११ बजेर ५४ मिनेटमा मेरो छोरा नोलनले हामीबाट बिदा लियो, जुन समय म उसको काननिर ‘तिमी मेरो घामको किरण...’ गीत गुनगुनाइरहेको थिए ।’   –एजेन्सी सहयाेगमा

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर