• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

देशका २५ भन्दा धेरै ठाउँमा केबलकार निर्माणका लागि अनुमति माग 

काठमाडौं । देशका २५ भन्दा धेरै ठाउँमा केबलकार निर्माणका लागि भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयमा आवेदन परेको छ । मन्त्रालयले अध्ययन अनुमति दिने कानुनी प्रावधान छ ।

सहज यातायात सन्जालको विकास तथा विस्तार गर्ने र पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्ने लक्ष्यका साथ पछिल्लो समयमा केबलकार निर्माणका लागि चासो व्यक्त गर्दै निर्माणमा जाने समूह तथा लगानीकर्ता बढेका हुन् । 
मन्त्रालयका अनुसार दुर्गम क्षेत्रमा सहज यात्रायात संचालनका लागि केबलकारको माग आउने संख्या पछिल्ला दिनमा बढेको छ । मनकामना दर्शन प्रालिले मनकामनामा केबलकार निर्माण गरेपछि नेपालमा केबलकारको युग सुरु भएको हो । मनकामनामा केबलकार चलेको लामो समयपछि मात्र राजधानीमा चन्द्रागिरीमा केबलकार संचालनमा आएको छ । 


अहिले देशका एकदर्जन भन्दा धेरै ठाउँमा केबलकार निर्माण भइरहेको छ । दोलखाको कालिन्चोक, पोखराको फेवातालदेखि सारङकोट र पाथीभरामा केबलकार निर्माणको प्रकृया अघि बढिसकेको छ । 
पछिल्लो समय देवघाटदेखि मौलाकालिका, मुक्तिनाथ मन्दिर, स्वर्गद्वारी, डोटीको ठूला केदार, नुवाकोटको घ्याङफेदी–गोसाइकुण्ड, लुक्ला–नाम्चे लगायतका ठाउँमा पनि केबलकार निर्माणका लागि अध्ययन अनुमति मागिएको मन्त्रालयले जनाएको छ । 

त्यस्तै इलाम पाथीभरा दर्शन, , काठमाडौंको बोहोराटार–नागार्जुन डाँडा, पोखराको वीरेठाँटीदेखि कागबेनी हुँदै रानीपौवा मुक्तिनाथ मन्दिर, नवलपरासीको रानीतालदेखि मौलाकाली मन्दिर, ललितपुरको गोदावरीदेखि फुलचोकीसम्मका लागि पनि अध्ययन अनुमति मागिएको मन्त्रालयले जनाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर