• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

मोटरसाइकल दर्तामा अन्योल, एकसय लट पुग्दै 

काठमडौं । बागमती अञ्चलमा दर्ता भएका मोटरसाइकलको लट एक सय पुग्न थालेपछि यातायात व्यवस्था कार्यालय गुर्जुधारा अन्योलमा परेको छ । ९९ लट पूरा भएपछि अब के गर्ने भन्ने कुराको नीतिगत रुपमै अस्पष्ट भएकाले अन्योल छाएको हो ।

सवारी व्यवस्था नियमावली २०५४ मा ९९ सम्म लट हुने व्यवस्था छ । नियमावली अनुसार एक सय लट पुगेपछि दर्ता गर्न मिल्दैन । हाल ९७ लट चलिरहेको छ । गुर्जुधारा कार्यालयका अनुसार प्राय एक महिनामा लट परिवर्तन हुँदै आएको छ । जस अनुसार अबको दुई महिनापछि मोटरसाइकलको लट १ सय नाघ्ने देखिएको छ । त्यसपछि दर्ता प्रक्रिया के गर्ने भन्ने कुरामा कुनै काम भएको छैन ।

गुर्जुधारा कार्यालयले समस्या समाधानका लागि यातायात व्यवस्था कार्यालयलाई पत्र पठाएको थियो । यातायात व्यवस्था विभागले सवारी व्यवस्था नियमावली २०५४ अनुसूची ३ अनुसार समस्या समाधानका लागि मन्त्रालयमा फाइल पठाइसकेको जनाएको छ । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर