• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

नागरिक दैनिकमा प्रकाशित समाचारप्रति प्रचण्डको सचिवालयको आपत्ति

काठमाडौं । नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको सचिवालयले ‘डा. गोविन्द केसीका माग जायज’–प्रचण्ड’ शिर्षकमा छापिएको समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ ।

अध्यक्ष प्रचण्डको सचिवालयले आज विज्ञप्ति निकालेर नागरिक दैनिकमा प्रकाशित उक्त समाचारप्रति ध्यानाकर्षण भएको जनाएको हो ।

प्रचण्डका प्रेस संयोजक विष्णु सापकोटा ‘जुगल’ ले आफुले कुनै पनि संचारमाध्यम र संचारकर्मीसँग त्यस्तो कुरा नगरेको अभिव्यक्ति नदिएको र नभनेकोे स्पष्ट पारेका छन् । ‘आफूले नभनेको विषयमा आफ्नो नाम जोडेर समाचार प्रकाशित भएकोमा खेद प्रकट गर्दछु’ विज्ञप्तिमा भनिएको छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर