• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

पुटिनलाई अमेरिका भ्रमणको निम्तो

वासिङटन । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई अमेरिका भ्रमणका लागि आमन्त्रण गरिएको समाचार छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई अमेरिकामा स्वागत गर्न आपूm आआतुर रहेको बताएका हुन् ।

उनले हालैको भेटका क्रममा राष्ट्रपति पुटिनलाई आमन्त्रण गरेको खुलासा भएको हो । आगामी शरद ऋतुमा अमेरिकाको भ्रमण गर्न राष्ट्रपति पुटिनलाइ निम्तो दिइएको अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसका अधिकारीहरूले बताएका छन् । 

ह्वाइट हाउसका अधिकारीहरुले राष्ट्रपत ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई अमन्त्रण गरेकोले पुटिनको अमेरिका भ्रमणको लागि तयारी पनि थालिएको जनाएका हुन् । 

दुई राष्ट्रपतिहरुबीच हालैमात्र फिनल्याण्डको राजधानी हेल्सिन्कीमा भेटवार्ता भएको थियो । उक्त वार्तालाई लिएर विवादहरु पनि चर्किएको थियो । तर सो भेटवार्तालाई कतिपयले भने उपलिब्धमूलक भनेका छन् । 

यसै समयमा उता पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिइएको समाचार सार्वजनिक भएको छ । यस विषयमा रुसको प्रतिक्रिया भने आइसकेको छैन । 

केही समयमात्र अघि पनि अमेरिकी राष्ट्रपति ट्रम्पले अमेरिकी नागरिकहरूलाई रुसले सोधपुछ गर्न पाउनुपर्ने भनी उक्त हेल्सिन्की बैठकका क्रममा रुसी राष्ट्रपति पुटिनले राखेको प्रस्ताव अस्वीकार गरेको बताइएको थियो । 

दुई राष्ट्रपति ट्रम्प र पुटिनबीच सोमबार भएको उक्त शिखर बैठकमा यी धेरै विषयमा कुराकानी भएको थियो । ती सबै विषय बाहिर जानकारीमा अझै नआएको बताउने गरिएको छ । 

हेल्सिन्की बैठकपछि त्यहीँ आयोजना गरिएको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले रुसको विषयमा आलोचनात्मक अभिव्यक्ति दिएका थिए ।त्यस विषयमा यी दुई राष्ट्र प्रमुखबीचको विवाद बाहिरै देखिएको थियो । तर पछि भने ट्रम्पले उक्त शिखर बैठक सफल भएको प्रतिक्रिया दिएका थिए । 

यसरी भ्रमणका क्रममा पनि विवाद समाधान नभएर बाहिर आएको बेला अमेरिकी राष्ट्रपति ट्रम्पले रुसी राष्ट्रपति पुटिनलाई अमेरिका भ्रमणको निम्तो दिएबाट अमेरिकी अधिकारीहरुमा भने आश्चर्य छाएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर