• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

मनसुनका लागि यी हुन् ५ ‘सुपर फुड्स’, संक्रमणबाट बचाउँछ 

काठमाडौं । मनसुनमा रुघाखोकी, फ्लु जस्ता समस्या साधारण हुन् । यस मौसममा हामी वर्षाको मज्जा लिन चाहान्छौ, तर स्वास्थ्य बिग्रने डरले हामी त्यसको मज्जा लिनबाट डराउँछौ । यदी तपाई यस मौसमको भरपुर फाइदा उठाउन चाहानुहुन्छ भने, तपाईले आफ्नो रोग प्रतिरक्षा प्रणालीलाई बलियो बनाउन आवश्यक हुन्छ । यसका लागि तपाईले केही यस्ता खानेकुरा खानुपर्छ, जसले तपाईको प्रतिरक्षा प्रणालीलाई बलियो बनाउँछ । 

सखरखण्ड – प्रतिरक्षा प्रणाली बलियो बनाउने सखरखण्डमा अन्य सब्जीको तुलनामा बिटा क्यारोटिन बढी उपलब्ध हुन्छ । यसमा गाँजरमा भन्दा बढी बिटा क्यारोटिन उपलब्ध हुन्छ । यसमा भिटामिन ए हुन्छ, जसले शरीरमा सेतो कोशिका बनाउँछ । यी कोशिकाले ब्याक्टेरिया र फंगल लडेर रुघाकोकी–फ्लु जस्ता रोगबाट बचाउँछ । 

लसुन – यस मौसममा रोग प्रतिरक्षा प्रणाली बलियो बनाउनका लागि लसुन निक्कै मद्दतगार रहेको चिकित्सक बताउँछन् । यसमा सल्फर र यससँग सम्बन्धित थुप्रै तत्व हुन्छन्, जसले फ्लु फैलने भाइरससँग लड्छ । यद्यपी, यसको सही र निश्चित मात्रामा खानाले मात्र प्रतिरक्षा प्रणाली बढाउँछ । 

क्याप्सिकम – यसमा बढी मात्रामा भिटामिन सि उपलब्ध हुन्छ । यसका साथै फलफुलको तुलनामा यसमा बिटा क्यारोटिन पनि बढी हुन्छ । भिटामिन सिले संक्रमणबाट लड्न निक्कै मद्दत गर्छ । 

बेसार – बेसारमा उपलब्ध एन्टि इन्फ्लेमेटरी, एन्टि फंगल र एनिट ब्याक्टेरियल तत्व हुन्छ, जसमा सबैप्रकारका संक्रमण र ब्याक्टेरियासँग लड्ने क्षमता हुन्छ । यसले रोग प्रतिरक्षा प्रणालीलाई पनि बलियो बनाउँछ । चोट लागेमा दुधमा बेसार राखेर पिउनाले घाउ चाँडै भरिन्छ ।
 
च्याउ – रोग प्रतिरक्षा प्रणालीलाई तन्दुरुस्त राख्न शरीरलाई जिंकको आवश्यकता पर्छ । जिन्कका कारण शरीरमा रहेका टि–सेल्स सक्रिय हुन्छन्, जसले रोग प्रतिरक्षा प्रणालीलाई बलियो राख्ने काम गर्छ । यदी जिन्कको कमी भएमा धेरै प्रकारका संक्रमण हुन्छ । फर्सीको बिउ, दही र च्याउ जस्ताको सेवनले शरीरमा जिन्कको मात्रालाई बढाउन सकिन्छ । एजेन्सी 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर