• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

१५ फोटोमा हेर्नुस्, 'स्वर्गकी रानी' मुगुकी रारा

मुगु । मुगु जिल्लाको छायाँनाथ रारा नगरपालिका वडा नं. ९ मा रहेको रारा ताल स्वर्गकी रानीको नामले पनि परिचित छ । यो ताल प्राकृतिक रुपमा निर्मित भएको नेपालको सबैभन्दा ठूलो ताल हो । 

समुन्द्री सतहबाट २९९० मिटको उचाईमा रहेको यो तालको लम्बाई ५ किलोमिटर चौडाई ३ किलोमिटर रहे पनि यसको गहिराई भने कति छ भनेर अहिलेसम्म आधिकारिक रुपमा पुष्टि हुन सकेको छैन । 

१०.८ वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको राराताल वरिपरी घुम्नलाई करिव ५ घण्टा समय लाग्छ । विश्वमै कतै नपाइने स्नो ट्रउट माछाको जात पनि यही तालमा पाइने बताइन्छ । रारा आफैमा अद्भुत रुवरुपमा छ । छिनछिनमा रंग बदल्नु, वातावरण बदल्नु यसको विशेषता हो ।

यीनै विशेषतालाई मध्यनजर गर्दै नेपाल सरकारले कर्णाली रारा पर्यटन वर्ष २०७५ घोषणा गरेको छ र नयाँ वर्ष बैशाख १ गतेको दिन उक्त पर्यटन वर्षको प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरे । 

यो एक वर्षमा ५ लाख पर्यटक रारा भित्र्याउने सरकारको लक्ष्य छ । सरकारको यो महत्वकांक्षी योजना पूरा गर्न भने निक्कै चुनौतीपूर्ण हुने देखिएको छ । 

बाटोको उचित प्रवन्ध नहुनु, एउटा मात्र ताल्चा विमानस्थलमा पर्याप्त मात्रामा विमान नहुनु, हवाई टिकट पाउन हप्ता दिनसम्म कुर्नु पर्ने, पर्यटकका लागि बस्ने व्यवस्था नहुनु, प्रचार प्रसारमा विशेष ध्यान नदिनु, एक वर्षको अवधिमा अन्य कार्यक्रम घोषणा नगरिनु लगायत कारणले सरकारको योजना सफल हुन निक्कै चुनौतीपूर्ण देखिन्छ । 

तस्बिर : बोमलाल गिरी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर