• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

पहिरोले घर पुरिदा एकै परिवारका दुई जनाको मृत्यु

जाजरकोट । अविरल वर्षापछि घरमाथिबाट आएको पहिरोले घर पुरिदा जुनीचाँदे गाउँपालिका ६ गर्खाकोट छिर्कका एकै परिवारका दुईजनाको मृत्यु भएको छ । तीनजना घाइते भएका छन् ।

 पहिरोले भक्त बहादुर बुढाको घर पुरिएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार ५५ वर्षीया लली बुढा र उनकै नातिनी नौ वर्षीया सिर्जना बुढाको घटनास्थलमै मृत्यु भएको छ ।

घरधनी भक्तबहादुर, उनकै नाति १३ वर्षीय पारस बुढा र सात वर्षीया नातिनी खिमा बुढा घाइते भएका छन् । घाइतेमध्ये खिमाको अवस्था गम्भीर रहेको प्रहरी नायब उपरीक्षक रवीन्द्रबहादुर सिंहले जानकारी दिए । इलाका प्रहरी कार्यालय गर्खाकोटबाट आज गएको प्रहरी टोलीले चार घण्टा लगाएर दिउँसो साढे १ बजेमात्र मृतकको उद्धार गरेको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर