प्रदेश ७ को संसद बैठकमा पनि कांग्रेसको अवरोध

धनगढी । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको अवरोधका कारण प्रदेशसभा ७ को संसद बैठक स्थगित भएको छ । बैठक सुरु हुने बित्तिकै कांग्रेसका सांसदले आफ्नो स्थानमा उठेर बिरोध जनाएपछि बैठक स्थगित गरिएको हो । 

सभामुख अर्जुन बहादुर थापाले पटक–पटक प्रतिपक्षका सांसदलाई आफ्नो सिटमा बस्न आग्रह गरेपनि नमानेपछी आगामी ७ गते सोमबार दिउँसो ३ बजे सम्मका लागि बैठक स्थगीत गरेको जानकारी गराए । कांग्रेसले प्रदेश ७ मा बैठक अबरुद्ध गरेको यो दोस्रो पटक हो । यसअघि प्रदेश सरकारले आर्थिक बर्ष २०७५÷०७६ का लागि ल्याएको बजेटमा असन्तुष्टी जनाउँदै असारको दोस्रो साता पनि कांगेसले बैठक अबरुद्ध गरेको थियो । 

आजको बैठकमा सुन्य समयमा समसामयिक बिषयमा सांसदले धारण राख्ने र गाउँसभा र नगर सभाको कार्य संचालन गर्न बनेको बिधेयक २०७५ माथि दफावार छलफलको कार्य समाप्त भए पश्चात तयार पारिएको प्रतिवेदन सभा समक्ष प्रस्तुत गर्ने कार्यसुची रहेको थियो ।

प्रमुख प्रतिपक्ष दल कांग्रेसका सांसद भरत बहादुर खडकाले राज्यले बिधिको शासनको उपहास गरेकाले संसद बैठक अबरोध गरेको बताए । उनले आतंककारीको शैलीमा सरकारले डाक्टर गोबिन्द केसीलाई जुम्लाबाट अपहरण गरी काठमाडौं पु¥याएकोे, राज्यका हरेक निकायमा हस्तक्षेप गरिएको लगायत बर्तमान सरकारको नेतृत्वले बिधिको शासनको नै उपहास गरिरहेकाले बाध्य भएर संसद बैठक अबरुद्ध गरेको बताए ।

प्रदेश ७ को कांग्रेस संसदीय दलको कार्यालयले आज नै विज्ञप्ति जारी गरी बिभिन्न ५ बुँदामा आफ्नो बिरोध जनाएको थियो । संसदिय दलका उपनेता देबराज पाठकद्धारा हस्ताक्षरित बिज्ञेप्तीमा डाक्टर केसीप्रती राज्यले गरेको ब्यबहार देखि  महंगी, भ्रष्टाचार, अशान्ती, हत्या बलात्कार संगै सरकारको कार्यशैली प्रति भत्र्सना गरिएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर