• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

एक क्रिकेटरले एक पटकमा खाए ७ लाखको खाना !

एजेन्सी । सामाजिक सञ्जालमा कहिले काही सेलिब्रेटीको ठट्यौली पोस्ट भारी पर्न जान्छ । जसका कारण उनीहरु ट्रोलको शिकार बन्न पुग्छन् । यस्तै भएको छ, एक भारतीय पूर्वक्रिकेटर तथा कमेन्टेटर आकाश चोपडालाई । एक बिलको तस्विर ट्विट गरेपछि उनी चर्चामा छाएका छन् । 

केही समयअघि इन्डोनेसिया पुगेका आकाशले त्यहाँको एक रेष्टुरेन्टमा खाना खाए, जसको बिल उनले ट्विट गरेका थिए । उनले यस बिलमा एक पटक खाना खाए बापत झण्डै ७ लाखको बिल तिरको बताएका थिए । जसलाई ट्रोलर्सले ट्रोल गर्न सुरु गरे । 

खास कुरा यस्तो छ, जुन बिल भाइरल भइरहेको छ, त्यसमा क्रिकेटर आकाशले खानाको बिल ६,९९,९३० इन्डोनेसियाली रुपैयाँमा तिरेका थिए । नेपाली रुपैयाँ यो ५ हजार ३ सय ३ रुपैयाँ हुन आउँछ भने भारुमा ३ हजार ३३४ मात्र हुन्छ ।  

आकाशले १५ जुलाईका दिन आफ्नो ट्विटर हेन्डलमा बीलको तस्विर पोस्ट गरेका थिए । उनले ठट्यौली शैलीमा पोस्ट गरेको यस तस्विरले हंगामा मच्चियो । यस्तो पहिलो पटक भएको भने होइन । 

बलिउड अभिनेत्री परिणीति चोपडले पनि आफ्नो टि–सर्ट र खानाको मुल्यलाई लिएर ट्रोल भएकी थिइन् । परिणीति पनि त्यस समय इन्डोनेसिया नै पुगेकी थिइन् र उनले त्यहाँ १० लाखको दुई वटा टि–सर्ट र ४० लाखको लञ्च गरेको ट्विटरमा बताएकी थिइन्, जसका कारण उनी ट्रोलको शिकार बनिन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर