धनगढी उपमहानगरपालिकामा गरिव–घर परिचयपत्र वितरण सुरु 

हिमाल जोशी/धनगढी । धनगढी उप–महानगरपालीकाले आफ्ना सबै वडामा गरिव–घर परिचयपत्र वितरण शुक्रवार देखि सुरु गरेको छ । नगरपालिकाका प्रमुख नृपबहादुर वडले ३ जनालाई गरिब परिचय पत्र दिएर अभियानको शुरुवात गरे ।

नगरपालिकाको वडा नं १ शान्ति टोलकी गंगादेबी कोलीलाई रातो रंगको (अति गरिव), वडा नं १ एयरपोर्टका मुक्त कमैया शिविरकी मैना देवी चौधरीलाई (मध्यम गरिव) पहेलो रंगको, र एयरपोर्ट सिविरकै सहविर चौधरीलाई ( सामान्य गरिव) निलो रंगको परिचयपत्र मेयर वडले दिएका छन् । 

‘गरिव घर परिचयपत्रका आधारमा राज्यले दिने सहुलियतमा यहाँहरुलाई प्राथमिकता दिन्छ’ नगरप्रमुख वडले त्यसक्रममा भने–‘यसलाई सुरक्षित राख्नुहोला ।’ पहिलो चरणमा वडा नं १ बाट परिचयपत्र बितरण सुरु गरिएको हो । आजै १९ वटै वडामा परिचयपत्र बितरण गर्ने कार्य सुरु भएको छ । 

‘राज्यले हामीलाई यसै परिचयपत्रका आधारमा सहयोग र सुविधा दिनुपर्छ ’ परिचय पत्र पाएपछि गंगादेबी कोलीले भनिन्–‘फेरीपनि म गरिव हुँ भन्दै अड्डाबाट प्रमाणित गराउनुपर्ने चलनको अन्त्य हुनुपर्छ ।’ धनगढीमा ५ हजार ८ सय ५ जनालाई गरिव परिचय पत्र वितरण गरिने धनगढी उप–महानगरपालीकाका प्रशासकिय अधिकृत सुरेन्द्र सिंह कार्कीले बताए । जसमध्य २ हजार ८ सय ५, मध्यम गरिव १ हजार ८ सय ३७, र समान्य गरिव १ हजार २ सय ९० जनाको नाममा परिचयपत्र वितरण गरिने छ । 

देशभरीमा ८ वटा जिल्लामा नमुनाका रुपमा गरिव घर परिचयपत्र बितरण हुदैछ । सरकारले २०७९ सालमा गरिवहरुको सर्वेक्षण तथा नाम संकलन गरेको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर