युट्युव ट्रेन्डिङमा पहिलो भयो प्रचण्डकी नातिनी स्मिताको ‘पानी कुवाको’ 

काठमाडौं । गायिका स्मिता दाहालको ‘पानी कुवाको’ बोलको गीतको म्युजिक भिडियो युट्युवमा नेपाली गीत ट्रन्डिङको सबैभन्दा माथि पहिलो नम्बरमा पुगेको छ । त्यस्तै युट्युवको सबै भिडियोमध्ये यो गीत ट्रेन्डिङको दोश्रो नम्बरमा छ । 

युट्वुको ट्रेन्डिङ नम्बर एकमा भने दक्षिण भारतीय फिल्म ‘राम की जंग’ छ । गत सोमबार सार्वजनिक गरिएको गीतको भिडियो ४ दिनमा नै ट्रेन्डिङको नम्बर एकको नजिक पुगेको छ भने नेपाली गीतमा सबैभन्दा अगाडी छ । 

नेकपा माओवादी अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)की नातिनी भनेर चिनिने गरिएपनि आफूलाई गायिकाको रुपमा चिनाउन मन पराउँने स्मिताले यो गीत अगाडिका गीतभन्दा केही फरक धारको भएको बताएकी थिइन् । दाहालसँगै गायक सरोज ओलीले गाएको फरक धारको गितको म्युजिक भिडियोमा चर्चित नृत्य समुह ‘कार्टुन्ज क्रु’का सदस्य  र अभिनेत्री प्रियंका कार्कीले उत्कृष्ट फिचरिङ गरेका छन् । 

बाल, राष्ट्रिय, आधुनिक तथा फिल्मी गरी ५५ भन्दा बढी गीत गाइसकेकी स्मिताको यो पहिलो ‘डान्सिङ नम्बर’ हो । यो गीतलाई युट्युवमा १२ लाख ८१ हजारभन्दा बढी पटक हेरिसकिएको छ भने ३० हजारले लाइक गरेका छन् । 

दिनेश थपलियाको शब्द रहेको यस गीतमा वसन्त सापकोटाले संगीत भरेका छन् । कविराज गहतराजले कोरियोग्राफी गरेका छन् ।  

युट्युवमा उकालो चढ्दै प्रचण्डकी नातिनीको ‘पानी कुवाको’

 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर