• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

सिरियामा विस्थापित हुने झनै बढे

अम्मान । गएको सात वर्षभन्दा लामो समयदेखि हिंसा जारी रहेको सिरियाको दक्षिणी क्षेत्रमा भएको द्वन्द्वका कारण नागरिक विस्थापित हुने क्रम झनै बढेको छ । 

उक्त द्वन्द्वका कारण सो क्षेत्रबाट गएका केही महिनायता मात्र पनि दुई लाख ७० हजार जना विस्थापित भएका छन् । 

उक्त दक्षिणी क्षेत्र बढी मात्रामा हिंसाको चपेटामा परेको बताइएको छ । गएको करिब तीन महिनायता यहाँबाट विस्थापितहरूको सङ्ख्या बढ्दै गएर करीब तीन लाख पुगेको संयुक्त राष्ट्रसंघीय निकायले शुक्रबार जनाएको छ । 

‘दक्षिणी सिरियामा भएको लडाईका कारण विस्थापित हुनेहरूको संख्या झण्डै तीन लाख पुगेको छ र अनुमान गरिएभन्दा त्यो बढी पनि हुनसक्छ,’ अम्मानस्थित राष्ट्रसंघीय निकाय यूएनएचसीआरका प्रवक्ता मोहम्मद हवारीले भने । 

त्यहाँ जारी रहेको क्रुरतापूर्वक हवाई तथा स्थल आक्रमणबाट स्थानीय बासिन्दा निकै त्रसित भएका छन् । विद्रोहीहरूको नियन्त्रणमा रहेको दक्षिणी सिरियाको डारा प्रान्तमा सरकारी सुरक्षाकर्मीहरूले आक्रमण गरेपछि द्वन्द्व फेरि बल्झिएको हो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर