• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

युक्रेनमा सैन्य सुधारका लागि अमेरिकाले सहयोग गर्ने

वासिङ्टन । युक्रेनको सैन्य सुधारका लागि अमेरिकाले २० करोड अमेरिकी डलर बराबरको सहयोग गर्ने भएको छ । सो कुरा अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले शुक्रबार सार्वजनिक गरेको छ । 

अमेरिकी रक्षामन्त्रालय, पेन्टागनले युक्रेनलाई सुरक्षा सहायता कार्यक्रम अन्तर्गत पहिलो चरणमा २० करोड अमेरिकी डलर सहयोग उपलब्ध गराएको विज्ञप्तिमार्फत जानकारी गराएको हो । 

युक्रेनी सेनाको क्षमता अभिबृद्धि गर्ने, सैन्य उपकरणहरु खरिद गर्ने तथा सेनालाई तालिम दिने जस्ता कार्यमा उक्त रकम प्रयोग गरिने पेन्टागनले जनाएको छ । पेन्टागनले प्रकाशन गरेको विज्ञप्तिमा विशेषगरी यक्रेनको सेनाको आफ्नो प्रतिरक्षात्मक क्षमता अभिबृद्धिका काममा सो रकम सदुपयोग गरिने छ भनेको छ । 

युक्रेनी सेनाको क्षमता अभिबृद्धिका लागि भन्दै अमेरिकाले सन् २०१४ मा नै १ अर्ब अमेरिकी डलर बराबरको सैनिक सहयोग कोषको घोषणा गरेको थियो । 

त्यसयताको सहयोगमा यो २० करोड डलर छिट्टै दिने घोषणा शुक्रबार गरेको हो । विशेषगरी युक्रेनी भूभाग क्राइमिया रुसमा बिलय हुने प्रक्रियाको शुरुआतसँगै अमेरिकाले युक्रेनी सेनालाई सहयोग गर्ने प्रक्रियाको थालनी गरेको हो । 

क्राइमिया रुसमा विलय भए पनि पूर्वी युक्रेनमा हिंसा रोकिएको छैन । त्यहाँका विद्रोहीले धार्मिक र क्षेत्रीय एजेण्डा उठाएर स्वायत्त राज्यको माग गरिरहेका छन् । 

तर युक्रेनले त्यो स्वीकार गरेको छैन । युक्रेनी सरकारले यो विद्रोहको एजेण्डा कुनै पनि हालतमा स्वीकार नगरिने जनाएको छ । 

यस विद्रोहमा पनि रुसको हात रहेको आरोप अमेरिकाको छ । तर रुसले भने युक्रेनका नागरिकले उठाएका एजेण्डामा आफ्नो कुनै पनि हात नरहेको बताएको छ । 

रुसको प्रस्तावपछि सैन्य सहयोग 

यसैबीच प्राप्त अर्को एक समाचारअनुसार रुसले भने पूर्वी युक्रेनमा जारी रहेको हिंसात्मक विद्रोहलाई जनमत संग्रहको माग गरेको छ । तर अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले भने यस्तो जनमत संग्रहप्रति अमेरिकाले कुनै विश्वास नगर्ने बताएको छ । 

यस्तो जनमत संग्रह स्वतन्त्र र निष्पक्ष पनि हुन नसक्ने उसले जनाएको छ । सोही प्रस्तावपछि यता पेन्टागनबाट युक्रेनी सेनाको क्षमता बढाउने सम्बन्धी यो सैन्य सहयोगको घोषणा भएको छ । 

बिहीबार रुसले उक्त प्रस्ताव गर्नु र अमेरिकाले शुक्रबार भने यता अमेरिकाले युक्रेनलाई सहयोगको घोषणा गर्नुलाई संयोगमात्र नभएको अधिकारीहरुको भनाई छ । 

केही वर्षअघिको क्राइमिया रुसमा बिलय हुने प्रक्रियाको पनि अमेरिका विरोधमा रही आएको थियो । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर