• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

‘फुड पोइजन’ भएमा तत्काल के गर्ने ? जान्नुहोस् घरेलु उपाय

काठमाण्डौं । कहिले काही केही गलत खानपानका कारण फुड पोइजनिङको समस्या उत्पन्न हुनसक्छ । यस्तोे अवस्थामा चिकित्सक कहाँ जानअघि केही घरेलु उपाय अपनाउनुस्, जो निक्कै मद्दतगार साबित हुन्छ । फुड पोइजनमा आरामका लागि केही घरेलु उपाय अपनाउनुहोस्, बारम्बार चिकित्सक कहाँ गइरहन पर्दैन । 

लसुन – लसुनमा एन्टि भाइरल, एन्टि ब्याक्टेरियल र एन्टि फंगल गुण हुन्छ । यसले झाडा पखाला र पेट दुईमा निक्कै आराम दिन्छ । लसुनको एक–द्ई पोटी खानुहोस् र एक गिलास तातो पानी पिउनुहोस् । तपाई पानीमा लसुन राखेर पनि उमाल्न सक्नुहुन्छ र दिनभरि पिउन सक्न्ुहुन्छ । 

एप्पल भिनेगर – एप्पल भिनेगरमा रहेको एसिडले पेट पोल्ने समस्यालाई कम गर्छ र तुरुन्तै राहत दिन्छ । दुई चम्चा एप्पल भिनेगर एक गिलास तातो पानीमा मिलाउनुहोस् र खानअघि पिउनुहोस् । 

कागती पानी – कागती पानीले पटमा संक्रमण बढाउने जीवाणुमा कमी ल्याउछ । पाचन तन्त्र राम्रो बनाई राख्न प्रत्येक दिन कागती पानी पिउनुहोस् । एक चम्चा चिनी कागती पानीमा मिलाएर दिनमा दुई–तीन पटक पिउनुहोस्, यसले फूड पोइजनिङमा राहत दिन्छ । 

मह – महमा एन्टि–ब्याक्टेरियल, एन्टिफंगल तत्व पाइन्छ, जसले अपचको समस्यालाई ठिक गर्छ । त्यस्तै एक चम्चाको दरले दिनमा तीन पटक मह खानाले फुड पाइजनिङमा राहत मिल्छ । 

तुलसी – तुलसीको पातलाई पानीमा उमाल्नुहोस् र सेलाएपछि पिउनुहोस् । दिनमा दुई तीन पटक पिउनुहोस् । तुलसीको पातमा पाइने एन्टिमाइक्रोबियल गुणले पेटमा रहेका जीवाणु नष्ट गर्छ ।

सुन्तलाको जस – सुन्तालको रसमा मिनरल, भिटामिन र पोषक तत्व भरपुर मात्रामा पाइन्छ । फुड पोइजन भएमा शरीर कमजोर बन्छ, यस्तो अवस्थामा सुन्तलाको रस पिउनु राम्रो मानिन्छ । यसले तपाईको शरीरको रक्तचापलाई नियन्त्रणमा राख्छ र पेटलाई पनि फाइदा गर्छ । 

ध्यान दिनुपर्ने कुरा – फुड पोइजन भएमा सुरुमा तरल जन्य खाना खानुहोस् र दुधबाट उत्पादित सामाग्री, क्याफिन, मदिराआदिको सेवनबाट बच्नुहोस् । धेरैभन्दा धेरै उमालेर सेलाएको पानी पिउनुहोस् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर