• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

प्रहरीले पेस्तोल देखाएपछि रणभूमि बन्यो बानेश्वर, दर्जनौं अश्रु ग्यास प्रहार

काठमाडौं । डा. गोविन्द केसीको समर्थनमा भएको नाराजुलुसमा प्रदर्शनकारी र प्रहरीबीच झडप भएको छ । माइतीघरमण्डलाबाट सुरु भएको विरोध प्रर्दशन नयाँ बानेश्र पुगेर सभामा परणीत हुन लादा बानेश्वर क्षेत्र रणभूमिमा परिणत भएको हो । 

नाराजुलुस गर्दै प्रर्दशनकारीले निषेधित क्षेत्र तोड्न खोजेपछि प्रहरी र प्रर्दशनकारीबीच झडप भएको थियो । उत्तजित भिडलाई नियन्त्रण गर्न प्रहरीले दर्जनौं अश्रु ग्यास प्रहार गरेको छ ।

निषेधधित क्षेत्र तोड्न लाग्दा सशस्त्र प्रहरीका एक जना अफिसरले प्रर्दशनकारीलाई पेस्तोल देखाउँदै तर्साउन खोजेका थिए । त्यसपछि आक्रमक भएका प्रदर्शकारीले बानोश्वरमा रहेका इन्द्रीणी फुडल्याण्डमा समेत तोडफोड गरेका छन् । केही प्रदर्शनकारी घाइते भएका छन् । अहिले सो क्षेत्र केही समान्य बन्दै गएको छ ।


चिकित्सा क्षेत्र सुधारको माग राख्दै १५ औं पटक डा. गोविन्द केसी अनसन बसिरहेका छन् । यो पटक उनको अनसनको २२ औं दिन पुगिसकेकोे छ । जुम्लामा अनसनरत डा. केसीलाई नेपाली सेनाको हेलिक्पटरमाफृत केही दिन अघि मात्रै काठमाडौं ल्याइएको थियो ।

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर