• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

१११ जनाको जम्बो टोलीसहित प्रधानमन्त्री ओली भाेली चीन जाँने

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली १ सय ११ जनाको जम्बो टोली लिएर चीन भ्रमणमा निस्कन लागेका छन् । प्रधानमन्त्री भएपछिको औपचारीक भ्रमणमा चीन जान लागेका ओली मंगलबार १ सय ११ जनाको जम्बो टोलीसहित चीन जान लागेका हुन् । 

हिमालयन एयरको विमान चार्टर गरेर प्रधानमन्त्री ओलीको टोली मंगलबार चीन जाने स्रोतले समाचार दैनिकलाई जानकारी दियो । भ्रमण टोलीमा व्यवसायीहरुबाट ५२ जना, मिडिया डेलिकेशन ११ जना, प्रधानमन्त्रीको अफिसियल टोली भनेर ४८ जना राखिएको छ । यी तीनै टोली जोड्दा १ सय ११ पुग्छ । एम्बेसीबाट थप ८ जना ओलीको टोलीमा जाने बताइएको छ । यी सबैको संख्या जोड्दा १ सय १९ जनाको टोली भ्रमण टोली पुग्छ । 


प्रतिकृया दिनुहोस

सम्बन्धित खवर