• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

जापानमा ५.९ रेक्टरस्केलको भुकम्प

मानवीय क्षेती भएन

संगिता कुवँर /टोकियो । जापानको ओशाकालाई केन्द्र बनाएर शक्तिशाली भुकम्प गएको छ । स्थानीय समाचार संस्थाहरुका अनुसार स्थानीय समय अनुसार सोमबार बिहान ७ बजे ५८ मिनेट जाँदा ५.९ रेक्टर स्केलको भुकम्प गएको हो ।

भुकम्पबाट कुनैपनि मानवीय क्षेती भएको छैन । पराकम्पनहरु आउन सक्ने भएकाले सुरक्षीत रहन स्थानीय प्रशासनले सुचना जारी गरेको छ । 

भुकम्पपछि केही कितेसु, नानकाई हुदै कानसाई अन्तराष्ट्रिय विमानस्थल जाने रेल सेवाहरु बन्द गरिएको मेट्रोपोलिटेन एजेन्सीले बताएको छ । भुकम्प पछि १ लाख ७० हजार घरहरुमा विद्युत प्रवाह बन्द भएको छ । नजिकै रहेको फुकुकी पारमाणिक भट्टी भने सामान्य अवस्थामा रहेको बताईएको छ । 
 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर