• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

श्रीमतीको उपचार गर्न प्रचण्ड सिंगापुर उडे

फाेटाे–प्रचण्डकाे सचिवालय


काठमाडौं । श्रीमती सीता दाहालको उपचारका लागि नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सिंगापुर गएका छन् । गएराती श्रीमती सीताको उपचारका लागि प्रचण्ड छोरी गंगा तथा भतिज समिर दाहाल सहित सिंगापुर उडेको प्रचण्डका प्रेस सल्लाहाकार विष्णु सापकोटाले जानकारी दिए ।

छोरा प्रकाशको असामयीक निधनपछि उनलाई प्रेसर लगायतका रोगले च्यापेको छ । मंगलबार उनको सिंगापुरस्थित अस्पतालमा उपचार हुने छ । सोमबार अस्पताल जाने तयारी भएपनि सिधा उडान नपाएपछि प्रचण्ड आईतबार रातीनै श्रीमतीको उपचारका लागि सिंगापुर गएका हुन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर