• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

अनेसास जापान च्याप्टरको ४५ औं साहित्यिक शृंखला सम्पन्न

संगिता कुँवर/जापान । जापानमा रहेका नेपालीमाझ विभिन्न संघसंस्था खोल्ने एकत्रित हुने क्रम बढ्दो छ । नेपालीहरु झण्डै एक सयको हाराहारीमा जापान विभिन्न संस्थामा आवद्ध छन् । फुर्सद मिल्नासाथ उनीहरु भेला हुन्छन् र विभिन्न कार्यक्रमको आयोजना गर्छन् ।

कार्यक्रमहरु प्रायः खादा, आशनग्रहण, ब्याज वितरण भाषण मै  केन्द्रित हुन्छन् । तर आइतबारको कार्यक्रम भने फरक देखियो । खादा भाषण र ब्याज वितरण बिना कविता बाचनबाट सुरु भएको कार्यक्रमको समापन पनि कविता बाचनबाटै गरियो । 

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) जापान च्याप्टरको आयोजनामा सम्पन्न ‘काब्य डबली’को बसाईमा नेपाली भाषा, कला, साहित्यप्रेमी तथा सर्जकको बाक्लो उपस्थिती रहेको थियो । ४५ औं नियमित साहित्यिक शृंखला अन्तर्गत रहेको कार्यक्रममा समसमायिक विषय, प्रेम, हाँसो, रोदन, घरदेश र परदेश लगायतका गजल, हाइकु, मुक्तक, कविता साहित्यकारहरुले प्रस्तुत गरेका थिए । ३५ जना भन्दा बढी साहित्यकारको रचना कार्यक्रममा प्रस्तुत गरिएको थियो ।

नेपाली मुराहल सिनोकुबोमा सम्पन्न भएको कार्यक्रममा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज केन्द्रीय उपाध्यक्ष्य प्रकाश पौडेल (माइला), पूर्वअध्यक्ष  आलोक चालिसे, सल्लाहकार  सुस्मा ओमाता, पूर्वउपाध्यक्ष पुस्करजंग थापालगायतको सहभागिता रहेको थियो ।दीप पाठकको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन रवीन शर्माले गरेका थिए । कार्यसमिति सदस्य अर्जुन दृष्टि पौडेललाई घरदेशको यात्राको शुभकामना सहित बिदाई गरिएको थियो । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर