• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

राष्ट्रियसभा सदस्यमा कसको पदावधि कति ? (सूचीसहित)

गोलप्रथाबाट २, ४ र ६ वर्षको कार्यअवधि तय

काठमाडौं । राष्ट्रियसभा सदस्यको पदावधि गोलाप्रथाबाट टुङ्गो लगाईएको छ ।

 

संघीय संसद भवन ल्होत्से हलभित्र राष्ट्रियसभा सदस्यले वर्णानुक्रम अनुसार चिठ्ठा लिएर आफ्नो पदावधि तय गरेका हुन् । संविधानको धारा ८६ अनुसार राष्ट्रिय सभाका ५९ सदस्यको कार्यअवधि गोलाप्रथाद्वारा २, ४ र ६ मध्ये कति वर्ष हुने भन्ने टुंगो लगाइएको हो ।

 

 राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाको  पदावधि ६ वर्ष कायम भएको छ । उनले गोलाप्रथाबाट ६ वर्षको पदावधिको चिठ्ठा लिएका हुन् । राष्ट्रियसभा उपाध्यक्ष शशिकला दाहालको पदावधि ४ वर्ष कायम भएको छ । 

 

गृहमन्त्री रामबहादुर थापाको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी माओवादीको तर्फबाट राष्ट्रिय सभामा निर्वाचित भएका थिए । अर्थमन्त्री युवराज खतिवडाको राष्ट्रियसभामा दुई वर्ष मात्रै कार्यकाल हुने भएको छ । उनी एमालेको तर्फबाट राष्ट्रियसभा सदस्य भएका थिए । 

 

अब खतिवडाले अर्थमन्त्रीको रुपमा दुई वर्ष मात्रै काम गर्न पाउने भएका छन् । उनी दुई वर्ष पछि हुने राष्ट्रिय सभाको निर्वाचनमा फेरि निर्वाचित भएमा उनको मन्त्री पद यथावत रहने छ । 
जितेन्द्र देवको कार्यकाल ६ वर्ष कायम भएको छ । उनी नेपाली कांग्रेसबाट राष्ट्रियसभा सदस्य छन् । 

 

नेकपा संसदीय दलका नेता दीनानाथ शर्मा चार वर्षसम्म सांसद हुनेछन । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस दलका नेता सुरेन्द्रराज पाण्डे र प्रमुख सचेतक सरिता प्रसाईंको कार्यकाल भने दुई वर्ष कायम भएको छ । संघीय संसद्को माथिल्लो सदनका रुपमा रहेको राष्ट्रियसभा ५९ सदस्य कायम छ ।

 

हेर्नुस कस्को पदावधि कति

 


                             

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर