१३ जिल्लामा शीत भण्डार र विषादी प्रयोगशाला

मकवानपुर । प्रदेश ३ सरकारले आर्थिक वर्ष २०७५/०७६ को बजेट असार १ गते प्रस्तुत गरेको बजेटमा कृषिका क्षेत्रमा विभिन्न योजनाहरुका लागि बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले प्रस्तुत गरेको बजेटमा ३ नम्बर प्रदेशलाई कृषिमा आधुनिकीकरण, यान्त्रिकीकरण र विविधीकरणमा जोड दिने उल्लेख गरेको छ । सरकारले प्रदेशका १३ वटै जिल्लामा शीत भण्डार र विषादी प्रयोगशाला निर्माण गर्न बजेट छुट्याएको छ ।

प्रदेश सरकारले “एक जिल्ला, एक चिस्यान केन्द्र” मार्फत् उत्पादित तरकारी तथा फलफूल संरक्षण गर्न कार्यक्रम सञ्चालन गर्ने भएको छ । कृषकको आय आर्जनमा वृद्धि गर्ने उद्देश्यका साथ १३ वटै जिल्लामा शीत भण्डार स्थापनाका लागि प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गरेको उल्लेख गरिएको छ । 

प्रदेशलाई कृषिमा आत्मनिर्भर बनाउन कार्यक्रम अगाडि ल्याइएको बताइएको छ । ३ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुड्डेलले ३५ अर्ब ६१ करोड ५६ लाख रुपैया“ बजेट प्रस्तुत गरेका थिए । प्रदेश सरकारले ३ नम्बर प्रदेशको बजेटमा चिस्यान केन्द्र निर्माणलाई प्रमुख प्राथमिकतामा राखिएको छ । 

यस्तै आर्थिक वर्ष २०७५÷०७६ लाई “फलफूल वर्ष” को रुपमा मनाउने घोषणा अभियानलाई सफल बनाउन आवश्यक प्रचारप्रसार सहितको कार्यक्रम सञ्चालन गरिने पनि उल्लेख गरिएको छ । फलफूल वृक्षरोपणको बारेमा युवाहरुलाई प्रशिक्षण दिन एवम् प्रदेशमा उक्त कार्यक्रमलाई अभियानको रुपमा अगाडि बढाउन आवश्यक पर्ने स्रोतको व्यवस्था बजेटले गरेको छ । तरकारीको पकेट क्षेत्रहरुमा ग्राभिटी रोपवे स्थापनाका लागि सम्भाव्यता अध्ययनको कार्य अगाडि बढाइने भएको छ । यस्तै, सम्भाव्यता भएका केही स्थानमा रोपवे सञ्चालनको व्यवस्था मिलाइने उल्लेख गरिएको छ ।

प्रदेशका सबै जिल्लामा विषादी अवशेष प्रयोगशाला स्थापना गरी स्वच्छ तरकारी एवम् फलफूल उपभोक्तामा पु¥याउने कार्य शुरुवात गरिने भएको छ । यसका लागि अत्याधुनिक प्रयोगशाला स्थापना एवम् सञ्चालनको व्यवस्था गर्न आवश्यक स्रोतको प्रबन्ध मिलाईएको उल्लेख छ । प्रदेशका केही स्थानहरुमा नमूनाको रुपमा माटो परीक्षण गर्न मोबाइल भ्यानको प्रयोग एवम् भेटेनरी एम्बुलेन्स मार्फत् कृषकहरुको घरदैलोमा गई सेवा पु¥याउने व्यवस्था मिलाइने छ । यसको लागि प्रदेशले स्रोतको प्रबन्ध गरेको छ । आगामी आर्थिक वर्षभित्र दुग्ध विकास बोर्ड स्थापनाका लागि आवश्यक व्यवस्था मिलाईने बजेटमा उल्लेख गरिएको छ ।

 निजी क्षेत्र एवम् सहकारी क्षेत्रस“गको साझेदारीमा पशु बधशाला, दाना उद्योग एवम् पाउडर प्लान्ट स्थापना गर्न आवश्यक अध्ययन सहितको व्यवस्थापकीय कार्यका लागि रकम छुट्याईएको आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुङ्गेलले जानकारी दिएका छन । प्रदेशको सम्भाव्यताको आधारमा दुग्ध पकेट क्षेत्रहरुमा दूध चिस्यान केन्द्र, प्रशोधन केन्द्र एवम् मिल्क पार्लरको स्थापनाका लागि प्रोत्साहनजन्य क्रियाकलापहरु सञ्चालन गरिने बजेटमा उल्लेख छ । 

यस्तै पशुपालनलाई प्राथमिकता दिन “कालो सुन, भैंसी नै हुन्” भन्ने अभियान प्रदेशले सञ्चालन गर्ने भएको छ । अभियानमा भंैसी प्रबद्र्घन कार्यक्रमद्वारा कृषकको आय आर्जन वृद्घि गराउन आवश्यक क्रियाकलाप सञ्चालन गरिने भएको छ । गाई, भेंडा, बाख्रा, चौरी, बंगुर, माछा व्यवसायमा आधुनिकीकरण एवम् यान्त्रिकीकरण गर्न एवम् सो क्षेत्रको प्रभावकारी कृषि प्रवद्र्धन गर्न आवश्यक पर्ने रकम छुट्याईको उल्लेख छ । आवश्यक स्थानमा मिल्क एनालाइजरको वितरण गरी दुग्ध व्यवसायमा आवद्ध कृषकहरुको आम्दानीे सुनिश्चित गर्ने व्यवस्था मिलाएको उल्लेख गरिएको छ । 

“पशु आहार, समृद्घिको आधार” कार्यक्रम मार्फत् तोकिएका पकेट क्षेत्रहरुमा भूईं तथा डाले घा“सको ब्लक स्थापना गरी पशु आहारको न्यूनतालाई पूर्ति गरिने भएको छ । प्रदेशस्तरीय कृषि विश्वविद्यालय स्थापना, प्रत्येक जिल्लामा कृषक पाठशाला सञ्चालन एवम् कृषि तालिम केन्द्र स्थापनाका लागि सम्भाव्यता अध्ययन एवम् डिपिआर कार्यका लागि आवश्यक रकम विनियोजन गरिएको उल्लेख गरिएको छ । साना तथा मझौला कृषकहरुलाई लक्षित गरी डिप बोरिङको निर्माण गरिने भएको छ । 

कृषि पकेट क्षेत्रलाई लक्ष्य गरी कृषि सडक कार्यक्रम मार्फत कृषिको उत्पादन एवम् उत्पादकत्व वृद्धि गर्ने कार्यक्रमहरु सञ्चालन गर्न आवश्यक रकम विनियोजन गरेको बताईएको छ । बजेट माथि आईतबार बाट प्रदेश सभामा छलफल सुरु भएको छ । 


 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर