• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

के गर्मीमा तपाईको नाक सुख्खा हुन्छ ? यस्ता छन् घरेलु उपाय 

काठमाडौं । नाक सुख्खा हुनु चिन्ताको कुनै कारण होइन, तर यो तपाईका लागि हानिकारक साबित हुन सक्छ । सुख्खा नाकले धेरै खालका स्वास्थ्य समस्यालाई उत्पन्न गराउन सक्छ । यसै कारण साइनस वा धेरै टाउको दुख्ने समस्या हुने सम्भावन हुन्छ । नाक सुख्खा हुनु श्वास सम्बन्धी समस्या पनि हुनसक्छ । यस्तो समस्या बिशेषगरी गर्मी मौसममा हुने गर्छ । यस समस्याबाट राहत पाउन तपाई घरेलु उपाय अपनाउन सक्नुहुन्छ । 

 

पानी पिउनुहोस् – नाक सुख्खा हुने समस्या कहिलेकाही पानीको कमीका कारण हुनसक्छ । गर्मीमा शरीरमा पानीको मात्रा कमी रहीहरने हुन्छ, जसले गर्दा नाकमा सुख्खापन आउन सक्छ । यस्तो अवस्थामा पानी प्रसस्तै पिउन आवश्यक हुन्छ । 

 

नजल स्प्रे – यदी तपाई नाक सुख्खा हुने समस्याबाट चिन्तित हुनुहुन्छ भने नजल स्प्रे एक राम्रो विकल्प हुनसक्छ । यसलाई नाकको मार्गलाई गिलो बनाउन प्रयोग गर्न सकिन्छ । तर, यसको बढी मात्रामा प्रयोग भएमा नाक झनै सुक्न थाल्छ र श्लेष्मा झिल्लीलाई नोक्सान पुर्याउन सक्छ । 

 

बाफ लिनुहोस् – बाफ लिँदा पनि नाकमा सुख्खा हुने समस्याबाट राहत मिल्छ । बाफ लिन्ुअघि टाउकोलाई टावलले ढाक्नुहोस् र जति सक्नुहुन्छ बाफ लिने प्रयास गर्नुहोस् । 

 

नरिवालको तेल – नाकमा नरिवालको तेल लगाउनाले सुख्खापन टाढा भाग्न सक्छ । यसले कोशिकाहरुबीचको अन्तराललाई भरेर दुखाई टाढा भगाउनमा मद्दत गर्छ। तर, नरिवालको तेल धेरै पटक लगाउनबाट भने बच्नुहोस् । 

 

बदामको तेल – बदामको तेल लगाउनाले पनि नाकको सुख्खापन हट्न सक्छ, तर दयी तपाई बदामको तेलमा घ्युकुमारीको जेल मिसाएर कटन बलको मद्दतले नाकमा लगाउनु भयो भने सुख्खापनको समस्या छिटो टाढा भाग्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर