नेप्से सामान्य अंकले बृद्धि

काठमाडौं । नेप्से परिसुचक आज सामान्य अंकले वृद्धि भएको छ ।

 

नेपाल स्टक एक्सचेन्जका अनुसार  परिसुचक १ दशमलव ९२ अंकले बढेर एक हजार २ सय ३५ दशमलव १५ बिन्दुमा पुगेर कारोबार बन्द भएको छ ।  ‘क’ वर्गका कम्पनीको शेयर मापन गर्ने सेन्सेटिभ परिसूचक शुन्य दशमलव ४२  ले बढेर २ सय ५९ दशमलव १३ अंकमा पुगेर बन्द भएको छ । 

सोमबार १ सय ५४ कम्पनीको ५३ लाख ३३ हजार ९ सय ४४ कित्ता शेयर खरिदबिक्रि हुँदा १९ करोड भन्दा बढीको कारोबार भएको एक्सचेन्जले जनाएको छ । स्टकका अनुसार आज पाँच उपसमूहको शेयरमा बढोत्तरी भएको छ भने चार उपसमूहको शेयर घटेको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर