• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

जुर्मुराएको बखत बजारमा

काठमाडौं । सोमत घिमिरेद्वारा लिखित पुस्तक ‘जुर्मुराएको बखत’ सार्वजनिक भएको छ । पुस्तकमा घिमिरेले बिभिन्न समयमा गरेका अनुसन्धानका बिषय, यात्रा संस्मरण, निबन्ध शैलीका १५ आलेख समेटिएको छ । 

पुस्तकमा लेखकले साना किसानको स्थिति, जैविक बिबिधताको संरक्षण, चेपमा परेका सिमान्तकृत समुदायको जीविकाको संकट, चर्चित पर्यटकीयस्थल नगरकोटबाट तामाङ जातिको विस्थापनको पीडा आदी बिषयलाई परिवेश, सन्दर्भ र पात्रका माध्यमबाट विश्लेषण गरेका छन् । 

पुस्तकमा लेखकले नेपालको विकाशको प्रक्रियाले सिमान्त बर्गलाई अझ हिनताबोध थपेको, गैर सरकारी संस्थाले नेपालीको गरिबीको ब्यापार मात्र गरेको सन्दर्भलाई उदाहरणसहित उल्लेख गरेका छन् । यसैगरी आत्मनिर्भर र हिजो तिब्बत भन्दा बलियो कर्णालीलाई  आज कसरी दीनहीन र दुखी बनाइयो भन्ने बारेमा तथ्य सहित प्रस्तुत गरेका छन् । 

त्यस्तै घिमिरेले माओवादी जनयुद्धुले स्थानीयस्तरमा जगाएको मुक्तिको भोक र परिवर्तनको तिर्खालाई सविस्तार व्याख्या गरेका छन् । देश र बिकट बस्तिहरुमा परिवर्तन प्रति जुर्मुराएको चेतनालाई निबन्धात्मक शैलीमा प्रस्तुत गरेका छन् ।  सांग्रिला बुक्सद्वारा प्रकासित जुर्मुराएको बखत पुस्तकको मूल्य ३७५ रहेको छ ।   
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर