• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

छोरीले पालेको सुँगा मार्ने आमालाई जेल सजाय

एजेन्सी । सिंगापुरमा भियतनाम मुलकी ३८ वर्षीया महिलाले रिसको झोकमा घरमा पालिएको एक सुँगाको ज्यान लिइन् । यस अपराधमा ती महिलालाई त्यहाँको एक अदालतले बुधबार चार हप्ताको जेल सजाय सुनाएको छ । 

रिपोर्टअनुसार, गत वर्षको २७ अक्टोवरमा थुई हेन्ग नामकी ती महिलाको गालामा सौतनी छोरी यु मे लिङको सुँगा ‘लकी’ले ठुंगेको थियो । त्यसपछि, उनले सुँगाको हत्या गरिन् । यद्यपी, थुई आफ्ना ६० वर्षीया श्रीमान यु ची मेङसँग सुँगाले ठुंगेकोमा खेद व्यक्त गरेकी थिइन् र उनले सुँगालाई घरबाट निकाल्न आदेश दिएकी थिइन् । 

रिसको झोकमा सुँगालाई घरबाट तुरुन्तै निकाल्ने माग गरेको र यस्तो नभए सुँगालाई मारिदिने ती महिलाले बताएको यस मुद्दाका प्रतिवादी तथा कृषि–पशु चिकित्सा अधिकारी याप टेक चुआनले अदालतमा बताए । 

जब थुईका पति र उनकी सौतेनी छोरी घरबाहिर गए, उनले सुँगालाई पिंजडाबाट निकालेर लठ्ठीले हानेर मारिन् र बाहिर फ्याकी दिइन् । 
उनका पति र छोरी घर फर्केपछि सबै कुरा साँचो भनिन् । 

जानीजानी क्रुरतापूर्ण काम गरेकाले थुईलाई त्यहाँको अदालतले चार हप्ताको जेल सजाय सुनाएको छ । गत महिना थुईले सुनुवाईका दौरान सुँगाको हत्या गरेको स्विकारेकी थिइन् ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर