• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

दाँतसँगै जन्मिइन् सानी नानी

एजेन्सी । सामान्यतया जन्मिएको ६ महिनापछि बालबालिकाको दाँत उम्रन थाल्छ, जसमा छिटोमा ४ महिना र ढिलोमा एक बर्ष लाग्छ । तर, एक सानी नानी दाँतसँगै जन्मिएकी थिइन्, जुन दाँत् उनी जन्मिएको १२ दिनपछि हटाइएको छ । 

दक्षिणी बेलायतकी आमा जस्मिनले आफ्नी सानी छोरी ‘इस्ला–रोज हिस्मेन’लाई यति सानै उमेरमा दन्त चिकित्सक कहाँ लाग्नुपर्छ भनेर कहिल्यै सोचेकी थिइनन् । जस्मिन भन्छिन्, ‘दाँत निकाल्नै पर्ने थियो, किनकि त्यो निक्कै डरलाग्दो देखिन्थ्यो । तर, उनी मभन्दा पनि बहादुर छिन्, उनी कति पनि रोइनन् ।’ 

इस्ला रोजको दाँत निकाल्ने अस्पताल ‘द सेभेन ट्रेस डेन्टल एक्सेस सेन्टर’का अनुसार, उनीहरु कहाँ आउने सेवाग्राहीमा इस्ला रोज अहिलेसम्मकै कान्छी सेवाग्राही थिइन्, जसलाई पुरस्किृत नै गरियो ।

धेरै कम उमेर भएकाले पिडा महशुस नहोस् भन्नका लागि शल्यक्रिया गर्नुअघि इस्ला–रोजलाई केही नुबिङ क्रिम दिइएको थियो । इस्लाले सानै उमेरमा बहादुर सेवाग्राहीको रुपमा त्यस उपचार सेन्टरबाट पुरस्कार स्वरुप स्टिकर पाएकी छिन् । 

‘म रुँदै शल्यक्रिया कक्षबाट बाहिर निस्किएकी थिए, किनकि मेरी सानी राजकुमारी पिडाले रोएको उभिएर हेर्न सक्दिन थिए ।’ उनी थप्छिन्, ‘अहिले दाँत नहुँदा अनौठो देखिन्छ उनलाई ।’

बिडिएका अनुसार, पत्येक २ हजार मध्ये एक शिशु दाँतसँगै जन्मिन्छ, जुन दाँत जन्मको समय गिजा माथि हुन्छ । ती दाँतहरुको जरा राम्ररी विकसित भइनसक्ने हुँदा केही खुकुलै भएर बसेका हुन्छन् ।

एक चिकित्सा सल्लाहकार भन्छन्, ‘यस्तो परिस्थितिमा स्तनपान र बाच्चाको जिब्रोमा समस्या उत्पन्न गराउँनका साथै दाँत बच्चाको फोक्सोमा पुग्न सक्ने खतरा पनि उत्तिकै हुन्छ । यद्यपी, यस्तो घटना निक्कै दुर्लभ हुन् ।’ 

- बीबीसी

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर