छोरालाई लण्डनमै छोडेर एक्लै मुम्बई फर्किइन् करिना

एजेन्सी । अभिनेत्री करिना कपुर खान सोमबार बिहान मुम्बई आइपुगेकी छिन् । श्रीमान् सैफ अलि खान र छोरा तैमुरको साथमा लण्डन छुट्टी मनाउन गएकी करिन एक्लै फर्किएकी छिन् । 

 

खबर अनुसार, करिना दुई दिनका लागि मात्रै भारत आएको बताइएको छ । करिना मिस इन्डिया पेजेन्टमा प्रस्तुती दिँदैछिन्, जसका लागि उनीले मुम्बई आइपुगे लगत्तै तयारी थालेकी छिन् । प्रस्तुती सकिए लगत्तै करिना फेरि लण्डन फर्किनेछिन् । 

 

छुट्टीका साथसाथै करिना र सैफ कामका लागि पनि लण्डन पुगेका हुन् । उनीहरु एक अन्तराष्ट्रिय ब्रान्डको विज्ञापनको सुट गरेका छन् । 

 

केही दिनअघि करिनाको एक भिडियो सार्वजनिक भएको थियो, जसमा उनी श्रीमान सैफ र छोरा तैमुरसँग देखिएकी छिन् । भारतमा जहाँ पनि फोटोग्राफरले घेरिने गरेका तैमुर यतिबेला लण्डनमा बेफिक्री घुमिरहेका छन् । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर