• बुधबार ७-७-२०७५/Wednesday 10-24-2018/ 06:32 am

तुइन

फागुन सकिएर भर्खरै चैत्र महिना सुरु हुँदै थियो । काठमाडौंमा जाडो सकिएर गर्मी प्रवेश गर्दै थियो । हल्का गर्मी तर सर्रर चलेको हावाको मन्द झोकाले शीतलता प्रदान गरिरहेकाले यतिखेरको काठमाडौं अत्यन्त रमाइलो हुन्छ । पुस माघको चिसो सिरेटोले वाइवाई गर्दै गरेको वैशाख जेठको उखारमाउलो गर्मी पनि नभइसकेको काठमाडौं साँच्चिकैको प्राकृतिक एसीजस्तैै हुन्छ । मौसम अनुकूल भएर के गर्नु जीवनको चक्र अनुकूल नभएपछि पुसको ठण्डीमा पनि पसिना आउँदोरहेछ । वैशाखको धुपमा पनि काम छुट्ने जाडो हुँदोरहेछ भन्थे, बुढापाका तर यो मौसम मेरा लागि चंै त्यस्तो थिएन ।

म अफिसमा चिया पिउँदै साथीहरुसँग गफिदैं थिए । त्यतिकैमा न्युजरुमको भाई कौसीमा आएर भन्यो, ‘सर एउटा सरकारी टिचिङ अस्पतालको बिरामीले अस्पतालको छतबाट हामफालेर आत्महत्या गयो रे !’ 

‘के गर्ने ब्रेकिङ दिऊँ ? जमाना नै ब्रेकिङको छ के गर्ने सर’ उसले थप्यो । उसको नाम र ठेगानासहित डिटेल थाहा भयो ? मैले प्रश्न गरे । नाम त थाहा भयो सर हस्पिटलले पनि पुष्टि ग¥यो । उसको नाम चैं निर्मलकुमार रै’छ अरु बुझ्न साथी पठाउँला नि ? ‘हुन्छ ब्रेकिङ हालेर अरु डिटियल बुझेर आउँ, यसको स्टोरी उस्तै परे म आफै गर्छु  ।’ समाचारको दुनियाँमा उ ब्रेकिङको क्रेजी नै छ उ मात्र किन हाम्रा मिडिया र हामी सबै क्रेजी नै छौ । उ दौडेर तल झ¥यो ब्रेकिङ उम्केला भन्ने त्रास उसको दौडाइमा प्रष्ट देखिन्थ्यो । आजभोलि हाम्रो यो ब्रेकिङले कति वटा अरु ब्रेकिङ न्युज बनाउने हो त्यो हाम्रो मतलवको विषय भैरहेको छैन । त्यो बहसको विषय हुनुपर्ला कि नपर्ला । तर, यो न्युज सुन्दा मेरो दिमागमा एउटा सवालले क्लिक ग¥यो । 

यार ! जीवनप्रति आशा भएर त मान्छे अस्पताल जान्छ । किन अस्पतालबाटै उसले आत्महत्या ग¥यो होला ? जीवनको आशा बोकेर गएको निर्मलकुमारले किन जीवनप्रति आशा मारेर आत्महत्याको बाटो रोज्यो ? हैन, यो स्टोरीको रहस्य खोज्न म आफै लाग्छु, मनमनै मैले सोचे । हाम्रो ब्रेकिङ किङ रिपोटर भाइ आइपुग्यो । उसले भन्यो सर कसलाई पठाउने कि सञ्जयजीलाई नै पठाउने ? अस्पताल र स्वास्थको रिपोटिङ उनैले गर्छन् ।

मैले सहमति जनाउदै थपे सञ्जयलाई लिएर म आफै जान्छु । यति सानो स्टोरीका लागि सर आफै जानेर ? उसले प्रश्नवाचक भावमा भन्यो । अह ! म आफै जाने मैले भने उसले तत्कालै सहमतिमा टाउको हल्लायो । नहल्लाओस पनि किन म त उसको हाकिम न परे ।

सञ्जय र म अस्पताल जाँदा प्रहरी आएर मुचुल्का उठाउँदै रहेछन् काठमाडौंमा बेरोजगारहरुको कमी हुने कुरै भएन हजारौं रमिते जम्मा भैसकेका रहेछन । त्यसमा हामी दुईजना कामकाजी रमिते पनि थपियौ । टाउको फुटेर भुइभरी रगतको आहाल जमिसकेको रहेछ, मान्छे हेर्दा त्यस्तै ३५–४० वर्ष जतिका रहेछन् । हामीले प्रहरीसँग केही सूचना लिएर थप सूचना लिन अस्पताल र उनको परिवारको खोजी गर्न थाल्यो । 

घटना बुझ्दै जाँदा कताकता पीडा महसुस हुने क्रम बढ्दै गयो । कथा यस्तो रहेछ निर्मलकुमार उर्फ एक नियतिले ठगेको मान्छे । २० वर्षको पुग्दानपुग्दै निर्मलकुमारले गाउँमा मागी विवाह भएको रहेछ । आइकमसम्म पास गरेर गाउँकै एउटा साधारण निजी विद्यालयमा नै अध्यापन गराउँदा गराउँदै सुन्तोलीसँग मागी विवाह भएको रहेछ । विवाहको दुई वर्षपछि उनीहरुको एउटी छोरी जन्मिइन् छोरीको नाम रचना राखेका रहेछन् ।

लेखक

घर नजिकैको जागिर खेतिपाती र पशुपालनको आयले निर्मलकुमारको दैनिकी राम्रैसँग चलेको रहेछ । तीन जनाको सानो र सुखी परिवार सरदर गाउँलेको भन्दा राम्र्रै रहेछ । निर्मलकुमारको परिवार देखेर गाउँलेहरु पनि लोभिदा रहेछन् । ल है ! यो केटाले राम्रो गरेको छ । आपतविपतमा गाउँलेहरुलाई सहयोग गरिरहेको छ । गाउँमा सहयोगी मिहिनेती, इमान्दार र सफल मानिसका रुपमा निर्मलकुमार कै चर्चा चल्दो थियो । तर के गर्ने दशा बाजा बजाएर आउँदैन भन्थे । निर्मलकुमारको परिवारमा पनि बज्रपातहरु एकै पटक आइलागे एक दिन गाउँमा एक जना महिलालाई प्रसुति बेथा लागेकाले निर्मलकुमार उनीलाई डोकामा बोकेर सहर लाने टोलीमा सहरतिर लागे गाउँमा कसैलाई केही पर्दा सधैं उनी सहयोगका लागि अघि सर्थे । प्राय बासँगै स्कुल जाने आउने रचना बा सहर गएका बेला साथीसँग विद्यालयबाट घर आउथिन् । प्रायः बासँगै घर आउथिन् । घरबाट स्कुल धेरै टाढा त हैन त्यस्तै २० मिनेट जति टाढा थियो तर बीचमा खोला पर्ने भएकाले तुइनबाट ओहोरदोहर गर्नुपथ्र्यो । बासगै नभएका बेला रचना साथीहरुसँगै तुइन तर्थिन् त्यसदिन पनि उनी साथीहरुसँगै तुइन तर्दै थिइन् तर खोलाको बीचमा पुगेपछि तुइन कोल्टियो र उनी खोेलामा खसिन गाउँभरी हल्ला भयो गाउँले जम्मा भएर खोजे तर रचनालाई फेला पार्न सकेनन् । १० वर्षकै उमेरमा नै रचनाको संसार तुइनबाट झरेर नदीमा बग्दै अस्तायो । 

रचना खोलामा खसेर बेपत्ता भएको खबर सुनेसँगै सुन्तली बेहोस भइन् । गाउँलेले नाङ्लोले हम्किए पानी छ¥यापे तर सुन्तोलीको होस नआएपछि गाउँलेले सुन्तोलीलाई अस्पताल ल्याएका रहेछन् । अस्पताल पुगेपछि थाहा भयो उनको दिमागको नसा फुटेर धेरै रगत जम्मा भैसकेको रहेछ ।  तत्काल अप्रेसन गर्नुपर्ने भयो । हतासिदैं अस्पताल आएको निर्मलकुमारलाई डाक्टरले बिफ्रिङ गर्दे भने, ‘तपाईको बिरामी अस्पताल ल्याउन अलि ढिला भयो । दिमागमा आन्तरिक रक्तश्राव धेरै देखिन्छ । औषधि खुयाएर रगत फटाउन संभव छैन । केस धेरै जटिल छ ।’ 
खर्च त्यस्तै १५ २० लाख लाग्छ । विरामी ठिक हुन्छ भन्ने ग्यारेन्टी गर्न सकिदैन् हामीले त उपचार गर्ने हो । बाँकी उपरवाले भगवानको काम अपरेसन गर्ने हो भने फर्म भरेर डिपोेजिट जम्मा गर्नुस् । डाक्टरका कुरा सन्दै आङ जिरिङ हुने खालका थिए । डाक्टरका कुरा सुनेका गाउँलेले अप्रेसन नगर्न सुझाव दिए तर, निर्मलकुमारले मानेन् मानोस पनि कसरी ? प्राणपियारी जीवनसंगीलाई कसरी मार्नु ? घर खेतबारी बन्दगी राखेर पैसा ऋण काटेर ल्याउन उसले काका बालाई अहरायो र डिपोजिट गर्दै अप्रेसन गराउन सहमति गरायो । 

जीवनसंगीलाई अपरेसन कक्षामा लगेदेखिनै उसले सुनेसम्ममा तेत्तिसकोटी देवता पुकारेर बस्यो तर नियति अप्रेसन सकियो तर सुन्तोलीको होस आएन अप्रेसन सकेको एक हप्तापछि निर्मलकुमारको भएभरको सम्पत्ति मात्र सकिएन परिवार नै सकियो । एक हप्तापछि डाक्टरले भने हामीले सकेको गर्यौ, तर सुन्तोलीलाई बचाउन सकेनौ । एक हप्ताभित्र आफनो प्राणभन्दा प्यारी श्रीमती र छोरी गुमाएको निर्मलकुमार गाउँमा त फर्कियो तर के गर्ने एक हप्ता अगाडि भएका सबै चिज अब उसँग केही रहेनन् । न आफूलाई भन्दा धेरै माया गर्ने श्रीमती रहिन् न त आफूले मुटुभन्दा बढी माया गरेकी छोरी रहिन् न त बाउ बाजेको छाला घर खेत रह्यो त केवल यी सबै कुराका सम्झना मात्र । वसन्त क्रतुमा एकैचोटी शिशिर क्रतु आएजस्तै जीवन एक झोक्का हावाले उजाड उजाड र निरस भयो । के गर्नु नियतिले सबै लग्यो तर पनि सम्हालिनुको विकल्प भएन निर्मलकुमारसँग । १३ दिनको काजक्रिया सकेपछि ऊ फेरी स्कुल पठाउन जान थाल्यो । घरमै बस्दाको एक्लोपन पनि मेटिएला र हातमुख पनि त जोडनु पर्यो फेरी भन्ने सोचेर उ फेरी स्कुल पठाउन जान थाल्यो ।

स्कुल जाने अर्को बाटो थिएन । त्यही तुइन जसले उनको जीवनलाई उजाड मात्र बनाइदिएन् खण्डहर नै बनाइदियो त्यही तुइन दिनको २ पटक तर्नुपर्दा निर्मलकुमार झस्कन्थे । स्कुल पनि त्यही नै थियो जहाँ टिफिन टाइममा उनकी छोरी बाबा टिफिनसँगै खाने भनेर आउँथिन् केही महिना पछि यो झझल्को मेटिएला नि त भन्दै निर्मलकुमारले विश्वास लिएको हुनुपर्छ सायद । यादहरु मेटिएनन् । यादहरु त झन् जाग्दै पो गए त्यसपछि एकदिन निर्मलकुमारले विद्यालयका प्रधानाध्यापक सामु राजीनामा दिँदै भने सर म अब स्कुल आउन सक्दिन, प्रत्येक दिन तुइन तरेर आउनुपर्छ । दिनमा दुइपटक तुइन तर्दा मलाई मेरी छोरीले बोलाउँछिन र भन्छिन्, ‘बाबा लडिएला नि ।’ आफै लडेर मरेकी मेरी छोरी हरेक दिन तुइन चढ्नेवेला मलाई लडिएला भन्न आइपुग्छिन् म टिफिन खान बस्दा पनि मेरोे टिफिन खोलिदिनुस् न भन्दै आइपुग्छिन, यो मनोदशामा म पढाउन सक्दिन सर ! राजीनामा स्वीकृत गरिदिनोस् । गहभरी आँसु पार्दै निर्मलले भने ।

प्रधानाध्यापकले भने, ‘सर ठूलो समस्यामा हुनुहुन्छ केही महिना म बिदा दिन्छु कतै घुम्नुस वा घरमै आराम गर्नुस । सरले यो विद्यालयको लागि ठूलो गुण लगाउनु भएको छ म राजीनामा हैन तपाइँलाई केही दिनको बिदा चैं स्वीकृत गरिदिन्छु ।’ निर्मलकुमारको राजीनामा स्वीकृत भएन तर उनले बिदा चैं पाए । स्कुल बिदा लिएपछि निर्मलकुमार घरमै बस्न थाले । त्यसको २ महिना जतिपछि निर्मलकुमार साहै बिरामी भए । त्यतिवेला थाहा भयो निर्मलकुमारको दुवै मिर्गौला फेल भैसकेको रहेछ । डाक्टरले भने केहिदिन डायोलोसिस गरेर हामी हस्पिटलमै राख्छौ । तत्काल तपाइँहरु पैसा र आफन्त कसैको मिल्छ किड्नी दिने मान्छे खोज्नुहोला । डाक्टरले बताएको त्यत्रो लाखौँ पैसा कसरी जुटाउने अनि फेरी कसको किड्नी पो खोज्ने हो ? गाउँलेहरुले मुखामुख गर्दै एकअर्काको मुख हेरे ।

कोही बोलेनन् निर्मलकुमार झन् के बोलोस ! एकछिनपछि कपाल समाएर खुई गर्दै उसले भन्यो, ‘तपाइँहरु घर जानोस् ।’ गाउँलेहरु घर फर्र्किए अस्पतालको बेडमा पल्टिएर सायद निर्मलकुमारले जीवनको हिसाब गरेको हुनुपर्छ अब उ कसका लागि र किन बाँच्ने श्रीमती छोरी ति त गैसके आफना लागि बाँच्ने हो आफनै लागि भए पनि बाँच्ने ? तर आज उससँग आफै बाँच्न तिर्नुपर्ने पैसा भएन । बाँच्नलाई तिर्नुपर्ने रकम अब कहाँबाट जोहो गर्ने, सायद यिनै प्रश्नको उत्तर नपाएपछि हुनुपर्छ निर्मलकुमारले अस्पतालको तेस्रो तलाको झ्यालबाट हामफालेर मृत्यु रोज्यो । हाम्रो रिपोटिङ त सकियो म र सञ्जय फर्कदै थियौं । 

संवाद गर्न कुनै शब्द नै बाँकी भएजस्तो लागेन भाइ सञ्जयले मौनता तोड्दै भने सर, जीवनको दुईवटा पाटा हुँदारहेछन् । एउटा उज्यालो अर्को अँध्यारो । उज्यालो पाटोका सबै ढोका एकैपल्ट बन्द भएपछि सायद मान्छेहरु निर्मलकुमार बन्न बाध्य हुन्छन् होला है । मैले सहमतिको टाउको हल्लाएर भने सञ्जय भाइ हामी राज्यलाई कर तिर्छौँ किन ? यस्तै आफनै बलवुताले नभ्याएको काममा सहयोग गरोस् भनेर नै कर तिरिएको हो । खै ! त हामीले कर तिरेको राज्य आफ्ना नागरिकको दु.खमा भने बेपत्ता भैदिन्छ । उसले सहमतिको टाउको हल्लायो ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

चित्रकलामा चिनियाँ साँस्कृतिको झल्को

  • ५ कार्तिक, २०७५

काठमाडौं । चाइना नेशनल एकेडेमी अफ पेन्टिङ र नेपालस्थित चिनियाँ साँस्कृतिक केन्द्रद्वारा आयोजित चिनियाँ शैली शीर्षकको दुईदिने चित्रकला प्रदर्शनी

पत्रकार तथा साहित्यकार हुमागाईंको निधन

  • ५ कार्तिक, २०७५

काठमाडौँ । ‘नेपालभूमि’ साप्ताहिकका संस्थापक सम्पादक तथा साहित्यकार रामचन्द्र हुमागाईंको ६५ वर्षको उमेरमा आइतबार निधन भएको छ । कलेजो रोगबाट

सिके राउतका तीन कार्यकर्ता पक्राउ

  • २८ असोज, २०७५

धनुषा । प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतलाई ज्ञापनपत्र बुझाउन गएका सिके राउतका तीन जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ । मुख्यमन्त्री