गायिका निर्मला घिसिङको मार्मिक गीत ‘विदेशी गल्ली गल्लीमा’ रिलिज (भिडियोसहित)

काठमाडौं । गायिका निर्मला घिसिङको आवाज रहेको ‘विदेशी गल्ली–गल्लीमा’ बोलको गीत सार्वजनिक भएको छ । ‘छम छम गर्ने खुकुरी’ एल्बममा समेटिएको यस गीतमा गीतको संगीत संयोजन आशिस अविरलले गरेका छन् । 

गीतमा शब्द चिरन पुनको रहेको छ भने गीतलाई आशिष अविरलले एरेन्ज गरेका छन् । गीतमा नेपालीलाई अरवको खाडीमा र भारतको गल्ली–गल्लीमा रोजगारका लागि जान कसले र कसरी बाध्य पारियो भन्ने मर्म पस्किएको छ । 

साथै विदेशीएका नेपालीलाई आफनो देश फर्क भन्ने गीतको आशय रहेको छ । अर्काको देशमा होइन अब आफनो देशमा रगत ,पसिना खर्च गरौँ र आफनो देशलाई स्वनधीन र सम्मुनत बनाउँन फर्क अब भन्ने अनुरोध गीतले गरेको छ ।

गीतको भिडियो हेर्नुहोस्

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर